पूरा शर्माले पल शाहलाई भनिन् रियल हिरो, सत्यको जित हुने विश्वास !

काठमाडौँ – जबर्जस्ती करणीको अभियोग लागेका नायक पल शाह पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँमा उपस्थित भएपछि प्रहरीले शाहलाई पक्राउ गरेको हो ।

सत्र वर्षीया गायिकालाई जबर्जस्ती गरेको जाहेरी परेपछि शाह प्रहरीको फरार सूचीमा थिए । पीडितका परिवारले फागुन ११ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएका थिए ।

पीडितका परिवारले नायक शाहले विसं २०७८ वैशाख १४ गते ललाइफकाई जबर्जस्ती करणी गरेको जाहेरीमा उल्लेख गरेको छ । त्यस्तै विसं २०७७ पुस १० गते पोखरामा र चैत ७ गते चितवनमा पीडितलाई जबर्जस्ती करणी गरेको जाहेरीमा भनिएको छ ।

उजुरी परेपछि फरार रहेका शाहले आइतबार बिहान मात्रै प्रहरीमा आत्मसमर्पण गर्ने घोषणा गरेका थिए। शाहले सञ्जाल फेसबुक मार्फत सो घोषणा गरेको केहि घण्टा भित्रै आत्मसमर्पण गरेका हुन्।

“मेरो आफ्नो स्वास्थ्य स्थिति बिग्रिएको हुनाले साथै घरको सबै घर व्यवहार मिलाउनु परेकाले र मेरो फिल्म ‘म यस्तो गित गाउछु-२’ गत शुक्रबारदेखि नेपालभर प्रदर्शन भएका कारण फिल्मलाई असर नपरोस् भनि म प्रहरीसामु उपस्थित हुन नसकेकोमा माफी माग्न चाहन्छु।”,पक्राउ पर्नु अगाडी शाहले लेखेका थिए।

शाहले आत्मसमर्पण गर्न लागेपछि नायिका पूरा शर्माले शाहलाई ‘रियल हिरो’को संज्ञा दिएकी थिइन्। सत्यको जित अवश्य हुने उनको विश्वास थियो। उनले लेखेकी थिइन्,”सम्मान छ रियल हिरोलाई । सत्यको जित अवश्य हुनेछ।”

प्रकाशित : आइतबार, फागुन १५, २०७८१३:२६

धुलिखेलका आकाश तामाङ नक्सालको एटिएम फोड्दै थिए, रङ्गेहात पक्राउ परे !