एजेन्सी – १७ वर्षको उमेरमै युवा मिडफिल्डर गाभी क्याटलान क्लब बार्सिलोनाको महत्वपूर्ण खेलाडीको आफूलाई उभ्याउन सफल भएका छन्। रोनाल्ड कोम्यानले बार्सिलोनाको सिनियर टोलीमा स्थान दिएका गाभी जाभी हर्नान्देजको नेतृत्वमा पनि राम्रो प्रदर्शन गरिरहेका छन्।
गाभीलाई बार्सिलोनाले लामो समय सम्म क्लबमा राख्न चाहेको छ। गाभीको सम्झौता सन् २०२३ मा सकिँदै छ। यस्तोमा बार्सिलोनाले अहिले देखि नै सम्झौता थप गर्न चाहेको छ।
सम्झौता थपका लागि दुई पक्ष बीच कुराकानी पनि भइरहेको छ। तर पनि दुई पक्ष एक सहमतिमा भने पुगिसकेका छैनन्। यस्तै उनी बार्सिलोनामा रहन इच्छुक छन्-छैनन् भन्ने पनि स्पष्ट छैन।
यसै बीच गाभीका एजेन्ट डे ला पेना रियल म्याड्रिडको कार्यालय भ्रमण गरेको खुलासा भएको छ। विभिन्न स्पेनिस मिडियाहरुले डे ला पेना रियलको कार्यालय पुगेको खुलासा गरेका हुन्। उनले रियल म्याड्रिडको कार्यालय भ्रमण गरेको खुलासा भएसँगै बार्सिलोना तनावमा परेको छ।
हुन त गाभीले यस अगाडी नै रियल म्याड्रिडको प्रस्ताव अस्विकार गरेका थिए। बार्सिलोना आउनु भन्दा अगाडी नै रियलले गाभीलाई पसम्झौता प्रस्ताव गरेको थियो।