लगातार चम्किँदै औवामियाङ, सहि बाटोमा बार्सिलोना !

एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा प्रिमियर लिग क्लब आर्सनलबाट बार्सिलोना आइपुगेका पिएरे इमिरिक औवामियाङ उच्च लयमा देखिएका छन्। सहजै बार्सिलोनाको टीममा स्थापित हुन साफल औवामियाङ राम्रो लयमा देखिएका हुन्।

आर्सनलका प्रशिक्षक र अधिकारीहरुसँग सम्बन्ध बिग्रिएपछि औवामियाङले धेरै खेलमा त्यहाँ मौका पाएका थिएनन्। तर बार्सिलोना आइपुगेपछि भने औवामियाङ छुट्टै स्तरको खेल प्रदर्शन गरिरहेका छन्।

जारी सिजनमा बार्सिलोना आउनु अगाडी औवामियाङले आर्सनलका लागि १४ खेल खेलेका थिए। त्यसक्रममा उनले मात्रै ४ गोल गर्न सफल भएका थिए। तर बार्सिलोना आएपछि भने उनले ४ खेलमै ४ गोल गरेका छन्। यस बीचमा उनले एक ह्याट्रिक समेत गरिसकेका छन्।

यस्तै औवामियाङको आगमनले बार्सिलोनाको आक्रमणले पनि गति पाएको छ। फेब्रुअरी महिनाभर बार्सिलोनाले ६ खेल खेलिसकेको छ। जसमा उसले ४ जित निकालेको छ भने २ खेलमा बराबरी खेलेको छ।

सिजनकै घातक देखियो बार्सिलोनाको आक्रमण

जनवरी ट्रान्सफर विन्डोमा बार्सिलोनाले तीन खेलाडी भित्र्याएको थियो। बार्सिलोनाले भित्र्याएका खेलाडीहरुमा पिएरे इमरिक औवामियाङ, फेरान टोरेस र एडामा ट्राओरे छन्। यी तीन खेलाडी थपिएपछि बार्सिलोनाको आक्रमणपङ्ती पहिला भन्दा धेरै राम्रो भएको छ।

आक्रमणमा फरक-फरक खेलाडी उतार्न सक्ने अवस्थामा पुगेसँगै बार्सिलोनाले राम्रो प्रदर्शन पनि गरिरहेको छ। बार्सिलोनाले पछिल्ला छ खेलमा मात्रै १९ गोल गरिसकेको छ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८०९:३५

भ्यान डाइक भन्छन् – ‘अझै धेरै खेल बाँकी छन्, सिटीलाई त्यसै छाड्दैनौं’