एम्बाप्पेले भने – ‘सात बालोन डी’ओर भएपनि घुलमिल त हुनै पर्यो’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेले लियोनेल मेस्सी दिन प्रतिदिन राम्रो खेलिरहेको बताएका छन्। फ्रेन्च लिग वानमा सेन्ट इटिएन विरुद्ध जित निकालेपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले मेस्सी लगातार सुधारिएको प्रदर्शन गर्नेक्रममा रहेको बताएका हुन्।

नयाँ देश, नयाँ शहर र नयाँ क्लबमा मेस्सी घुलमिल भइरहेको एम्बाप्पेले बताए। सबै भन्दा महत्वपूर्ण कुरा अनुकूलन रहेको एम्बाप्पेको भनाई छ। एम्बाप्पेले आफू मेस्सीका लागि खुशी रहेको पनि बताए।

“उनी एक महान खेलाडी हुन्। म उनको लागि धेरै खुशी छु। उनी नयाँ जीवन, नयाँ शहर र नयाँ क्लबमा घुलमिल हुन खोजिरहेका छन्। सात बालोन डी’ओर भएपनि घुलमिल त हुने पर्छ।”,एम्बाप्पेले भने।

मेस्सी हुँदै धेरै कुराहरु सहज हुने एम्बाप्पेले बताए। सधैं आफूले उत्कृष्ट खेलाडीहरुसँग खेल्न चाहेको बताउन पनि एम्बाप्पेले छुटाएनन्। मेस्सीसँग खेल्न धेरै आनन्द आइरहेको एम्बाप्पेको भनाई छ।

एम्बाप्पेले भने,”उनी दिन प्रति दिन राम्रो खेलिरहेका छन्। मेस्सी हुँदा धेरै सहज हुन्छ। म सधैं महान खेलाडीहरूसँग खेल्न चाहन्थें। व्यक्तिगत रूपमा, मलाई साँच्चै आनन्द लागिरहेको छ।”

प्रकाशित : सोमबार, फागुन १६, २०७८१०:०४

रोनाल्डोलाई सन्यास लिन सुझाव-“२-३ वर्ष खेलेर लुते हुनुभन्दा अहिले नै सन्यास लिनु”