अबको एक महिना यी ३ राशिको चम्किनेछ भाग्य, हरेक क्षेत्रमा मिल्नेछ सफलता !

ज्योतिष शास्त्रमा शुक्र ग्रहलाई मानव कल्याणकारी ग्रह मानिन्छ। शुक्र ग्रहले आफ्नो राशि परिवर्तन गरी अर्को राशिमा प्रवेश गर्दा धेरै राशिमा लक्ष्मीको विशेष कृपा रहने र उनीहरुको भाग्य चम्किने विश्वास रहेको छ। शुक्र ग्रह आइतबार मकर राशिमा प्रवेश गरिसकेको छ। मार्च ३१ तारिखसम्म शुक्र यस राशिमा विराजमान रहनेछ। शुक्रको यो राशि परिवर्तनले सबै १२ राशिमा प्रभाव पार्नेछ। विशेष गरी धेरै राशिका व्यक्तिहरूको यस समयमा भाग्यले पूरा साथ दिनेछ। यी मानिसलाई भौतिक सुख, उपभोग, कीर्ति, कला, प्रतिभा, सौन्दर्य, रोमान्स लगायतका धेरै सुख प्राप्त हुनेछन्। आउनुहोस् जानौं कुन-कुन राशिका मानिसहरुको भाग्य चम्किनेछ……

कर्कट राशि 

शुक्र ग्रहको विशेष आशीर्वाद प्राप्त हुनेछ। धन सम्बन्धि समस्याबाट छुटकारा मिल्नेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय शुभ रहनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। काममा सफलता पाउन धेरै मेहनत गर्नु पर्दैन।

वृष राशि 

स्वास्थ्य लाभ हुनेछ। पद तथा प्रतिष्ठामा वृद्धि हुनेछ। कार्यस्थलमा तपाईंले गरेको कामको प्रशंसा हुनेछ। धन लाभ हुनेछ, जसका कारण आर्थिक पक्ष बलियो हुनेछ। परिवारजनको सहयोग मिल्नेछ।

मेष राशि 

परिवारका सदस्यहरूसँग समय आनन्दमय रूपले बित्नेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। व्यापारी तथा व्यवसायीका लागि समय वरदानभन्दा कम भन्न मिल्दैन। काममा सफलता मिल्नेछ। आर्थिक समस्याबाट मुक्ति मिल्नेछ। धार्मिक तथा आध्यात्मिक कार्यमा संलग्न हुनुहुनेछ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८१३:२९

जित्न कै लागि जन्मिएका हुन् यी ४ राशिका मानिस, हार्न जानकै छैनन् !