अन्तत: अर्को सिजन बार्सिलोना नै फर्किने भए मेस्सी ? पीएसजीमा खेल्न सकेनन् !

पेरिस सेन्ट जर्मेनका सुपरस्टार लियोनल मेस्सी सिजनको अन्त्यमा बार्सिलोना फर्किने दाबी गरिएको छ। स्पेनमा आफ्नो सम्झौताको म्याद सकिएपछि गत वर्ष अगस्टमा ३४ वर्षीय स्टार पेरिस क्लबमा आवद्ध भएका थिए।

बार्साले मेस्सीको सम्झौता नवीकरण आर्थिक रूपमा असम्भव हुने निर्णय गरेपछि मेस्सी पीएसजीसँग आवद्ध हुन बाध्य भएका थिए। गत समरमा पीएसजीमा अनुबन्ध भएदेखि फ्रान्समा मेस्सीको चमत्कार केही खेलमा मात्र देखिएको छ तर समग्रमा मेस्सीको प्रदर्शन निकै फितलो रहेको छ। जसको कारण फ्रेन्च मिडियामा ७ पटकका ब्यालोन डी ओर विजेताको आलोचना हुँदै आएको छ।

यस्तोमा, पूर्व अर्जेन्टिनी सुपरस्टार डिएगो म्याराडोनाका छोरा डिएगो सिनाग्राका अनुसार ३४ वर्षीय पूर्व बार्सिलोना कप्तान यस सिजनको अन्त्यसँगै बार्सिलोना फर्किनेछन्। “म विश्वस्त छु कि लियो मेस्सी बार्सिलोना फर्कनेछन्। हुनसक्छ यो आउँदो समरमा,” उनले स्पोर्टलाई भने, “उनी पीएसजीमा खुसी छैनन्। पक्कै पनि उनी निकै उत्कृष्ट खेलाडी हुन्। र तपाईंले आफ्नो उत्कृष्ट खेलाडी जहाँ पनि देखाउनु पर्छ। तर उनको ठाउँ बार्सिलोना हो, यसमा कुनै शंका छैन।”

मेस्सीले यो सिजन पीएसजीका लागि हालसम्मका सबै प्रतियोगिताहरूमा २२ खेलमा सात गोल र थप नौ असिस्ट प्रदान गरेका छन्, र चोटका कारण आठ खेल गुमाएका छन्।

प्रकाशित : सोमबार, फागुन १६, २०७८१६:४१

विश्वकपको चिन्ता, क्लबको बोझ: के हो त रोनाल्डोको फितलो लयको कारक ?