विश्वकपको चिन्ता, क्लबको बोझ: के हो त रोनाल्डोको फितलो लयको कारक ?

म्यानचेस्टर युनाइटेडमा क्रिस्टियानो रोनाल्डो निकै खराब लयमा रहेका छन् र यसले टोलीलाई चोट पुर्‍याइरहेको छ। रोनाल्डोले २०२२ मा सबै प्रतियोगिताहरूमा एक पटक मात्र गोल गरेका छन्, जुन लय रोनाल्डोको करियरमा सायद नै आएको थियो।

त्यसोभए रोनाल्डोको लागि वास्तवमा के गलत भइरहेको छ र किन युनाइटेडले यस्तो प्रभावशाली गोलकर्ताबाट फाइदा लिन सकेको छैन? सायद रोनाल्डोको वर्तमान फितलो लयको दुई मुख्य कारणहरू हुन सक्छन्, र यो युनाइटेडले तत्काल समाधान गर्न सक्छ भन्नेमा शंका रहेको छ।

विश्वकपको चिन्ता

क्रिष्टियानो रोनाल्डोले आजसम्म एक मात्र उपाधि जितेका छैनन्, त्यो हो विश्वकप। २०२२ विश्वकप सायद उनको लागि अन्तिम मौका हुनसक्छ। फुटबल इतिहास कै महान् खेलाडीको रूपमा मानिसले याद गरुन् भन्ने चाहना रहेका खेलाडीका लागि कतार २०२२ गुमाउनु व्यक्तिगत रूपमा अपमानजनक हुनसक्छ।

विश्वकप खेल्ने पोर्चुगलको आशा प्ले-अफमा आधारित रहेको छ। तर टर्की रोनाल्डोको विश्वकप यात्रामा बाधक बन्नसक्छ, त्यसपछि इटाली र उत्तरी म्यासेडोनियाको विजेता पोर्चुगलको बाधक बन्नसक्छ। यसको कारण पनि रोनाल्डोको प्रदर्शनमा असर पारेको हुनसक्छ। पोर्चुगललाई विश्वकपमा छनोट गराउने कुरा रोनाल्डोको दिमागमा पक्कै पनि हुनुपर्छ।

यदि पोर्चुगल मार्चको अन्त्यमा विश्वकपको लागि छनोट सफल भयो भने, हामी अझ धेरै स्वतन्त्र र आरामदायी रोनाल्डोले फेरि आफ्नो फुटबलको आनन्द लिन थालेको देख्न सक्छौं।

क्लबमा प्रदर्शनको अधिक बोझ 

म्यानचेस्टर युनाइटेडले पनि अहिले क्रिस्टियानो रोनाल्डोबाट धेरै प्रदर्शनको आशा गरिरहेको छ। प्रिमियर लिग जस्तो शारीरिक लिगमा प्रत्येक हप्ता नेतृत्व गर्न ३७ वर्षीय स्टारको लागि मानसिक र शारीरिक रूपमा थकित देखिनु कुनै अचम्मको कुरा हो?

यस सन्दर्भमा युनाइटेड दुर्भाग्यपूर्ण रह्यो। एडिन्सन काभानीको चोटको समस्याले सबैभन्दा खराब समयमा प्रहार गरेको छ, जबकि मेसन ग्रीनवुड मैदान बाहिरका कारणले समीकरणबाट पूर्ण रूपमा हटाइएका छन्। जसले रोनाल्डो माथि निकै बोझ बढेको छ।

प्रकाशित : सोमबार, फागुन १६, २०७८१७:५६

एटोम बम भयो बार्सिलोनाको आक्रमण पङ्क्ति: कसले रोक्ने अब ?