आज महाशिवरात्रि कै दिन बने ६ शुभ योग: यो समयमा गर्नुहोस् पूजा, पूरा हुनेछ हरेक इच्छा !

आज फागुन १७ गते मंगलबार देशभरका शिवभक्तहरूले महाशिवरात्रि पर्व मनाउँदैछन्। ब्रह्म मुहूर्तबाट रुद्राभिषेक र पूजाको अवधि सुरु भइसकेको छ। महाशिवरात्रिलाई भगवान शिवको प्रकट दिन पनि मानिन्छ, यस बाहेक भगवान शिव र माता पार्वतीको विवाह फागुन महिनाको कृष्ण पक्षको चतुर्दशी तिथिमा भएको थियो। हिन्दु धर्मको मान्यता अनुसार यस दिन पहिलो पटक भगवान विष्णु र ब्रह्माले शिवलिंगको पूजा गरेका थिए। त्यसयता महाशिवरात्रिमा भोलेनाथको पूजा–आराधना, अभिषेक गर्ने चलन चल्दै आएको छ। यसै दिन शिव-पार्वतीको विवाह भएको जनविश्वास पनि रहेको छ।

महाशिवरात्रिमा बन्दै ६ शुभ योग 

यस वर्षको महाशिवरात्रि ज्योतिष शास्त्रको दृष्टिले पनि निकै महत्वपूर्ण छ किनभने आज यस विशेष अवसरमा ६ वटा अति शुभ योग बनिरहेका छन्। महाशिवरात्रिमा शिवयोगका अलावा शंख, पर्वत, हर्ष, दीर्घायु र भाग्य नामको राजयोग पनि बनेका छन्। यस बाहेक शनिको राशि मकर राशिमा पञ्चग्रही योग पनि बनिरहेको छ। यस समय मकर राशिमा शनि, मंगल, बुध, शुक्र र चन्द्रमा सँगै रहेका छन्। ज्योतिष शास्त्रका अनुसार पञ्चग्रही योगमा भगवान शिवको पूजा गर्नाले धेरै गुणा बढी फल प्राप्त हुन्छ। समग्रमा आज धेरै मामिलामा धेरै विशेष ग्रह योगहरू बनेका छन्।

महाशिवरात्रिको पूजाका लागि शुभ मुहूर्त 

महाशिवरात्रि २०२२ को पूजाको लागि धेरै शुभ समय बिहान १२:०२ बजे देखि १२:४९ बजे सम्म हुनेछ। यो अभिजित मुहूर्त हो। यसपछि दिउँसो २:२२ बजेदेखि २:०८ बजेसम्म विजय मुहूर्त छ। यसपछि साँझ ६:०३ देखि ६ः२७ बजेसम्म साँझको मुहूर्त हुनेछ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८११:०५

शिवरात्रिको दिन शिवजीको पूजा गर्दा नगर्नुहोस् यस्ता गल्ती, हुनसक्छ कष्ट !