बार्सिलोनाले आइतबार एथलेटिक क्लबलाई ४-० ले सहजै हराउँदा पिएरे-इमरिक औबामेयाङ, ओस्मान डेम्बेले, लुक डे जोङ र मेम्फिस डिपेले आफ्नो नाम स्कोरशीटमा राख्न सफल भए।

जाभी हर्नान्डेजले एथलेटिक क्लब विरुद्धको ला लिगा सान्टान्डर खेलको लागि आफ्ना सबै आक्रमणकारीहरूलाई आफ्नो टोलीमा समावेश गरेका थिए र सबै खेलाडीले उत्कृष्ट प्रदर्शन गर्न सफल भए। पूर्व आर्सनल स्ट्राइकरले भ्यालेन्सिया, नेपोली र एथलेटिक क्लबविरुद्ध पछिल्ला तीन खेलमा चार गोल गरिसकेका छन्। जनवरीमा मात्रै ब्लाउग्रानामा सामेल भए तापनि, औबामेयाङले बार्सिलोनामा आफ्नो नयाँ वातावरणमा घुलमिल भइसकेका छन् र आफ्नो टोलीका साथीहरूसँग निकै सहज देखिएका छन्।

त्यस्तै, डेम्बेले दोस्रो हाफमा बेन्चबाट मैदान प्रवेश गर्दै सानदार प्रदर्शन गर्न सफल भए। उनले खेलमा स्टनर गोल गर्नुका साथै २ गोलमा असिस्ट पनि प्रदान गरेका थिए। लुक डे जोङको कुरा गर्दा, डच स्ट्राइकर अर्को खेलमा पनि जाभीको भरोसामा खरो उत्रिए। यस सिजन उनले अहिलेसम्म सबै प्रतियोगिताहरूमा पाँच गोल गरिसकेका छन्।

नौ गोलका साथ यो सिजन बार्सिलोनाका सर्वाधिक गोलकर्ता रहेका मेम्फिस डिपेले पनि बेन्चबाट मैदान प्रवेश गर्दै स्टपेज टाइममा एक गोल गर्न सफल भए। डेढ महिनाको चोटबाट निको भएर डच स्टार खेलमा फर्किएका थिए।

मिठो टाउको दुखाई
फेरान टोरेस र नयाँ अनुबन्ध एडमा ट्राओरलाई टोलीमा थप्दा जाभीका लागि आक्रमण विकल्पहरू जनवरी ट्रान्सफर विन्डो पछि नाटकीय रूपमा बढेको छ।

बार्सिलोनाका निर्देशक जोर्डी क्रुफले खेलपछि भने, “प्रशिक्षकका लागि यो जान्न महत्त्वपूर्ण छ कि सबैजना संलग्न छन्, सबैले योगदान गरेका छन्, सबैले विश्वास र मद्दत गरेका छन्। अब यो सुखद टाउको दुखाइ हो किनभने हामीसँग धेरै [खेलाडीहरू] छन्।”

