मेष राशि

आत्मविश्वास भरिपूर्ण रहनेछ तर कुनै अज्ञात डरले मन व्याकुल पनि हुनसक्छ। महिनाको प्रारम्भमा व्यापार स्थिति सन्तोषजनक रहनेछ तर मेहनत पनि बढी गर्नुपर्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। इज्जत कमाउन सकिनेछ। घरपरिवारमा सुख शान्ति छाउनेछ। कार्यक्षेत्रमा परिवर्तनको सम्भावना रहेको छ। आम्दानी बढ्नेछ।
वृष राशि

वृष राशिका व्यक्तिहरूले मार्चको सुरुमा आफ्नो करियर र व्यापारलाई अगाडि बढाउन नयाँ अवसरहरू प्राप्त गर्नेछन्। यस अवधिमा आर्थिक लाभको सम्भावना रहनेछ। साथीभाइको सहयोगले आम्दानीका श्रोतहरु बन्नेछन्, अप्रत्याशित आम्दानी हुनेछ। विशेष व्यक्तिको सहयोगले आर्थिक लाभ मात्रै नभई सामाजिक प्रतिष्ठामा पनि वृद्धि हुनेछ। प्रेमी–प्रेमिकासँगको सम्बन्धमा प्रगाढता आउनेछ। जीवनसाथीको स्वास्थ्यलाई लिएर मन अलिकति चिन्तित रहन सक्छ।
मिथुन राशि

महिनाको प्रारम्भमा मन अशान्त रहनेछ। आत्मविश्वासको कमी रहनेछ। काममा अधिकारीहरुसँग तालमेल रहनेछ तर कामको बोझ बढ्न सक्छ। फलस्वरूप, तपाईंले कडा मेहनत गर्नुपर्नेछ। जीवन अस्तव्यस्त हुनेछ। आफ्नो स्वास्थ्यको पनि ख्याल गर्नु होला। जीवनसाथीको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा पनि सचेत रहनुहोस्। सवारी साधन मर्मत सम्भारमा खर्च बढ्न सक्छ।
कर्कट राशि

महिनाको प्रारम्भमा मन प्रसन्न रहनेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। पारिवारिक जीवन सुखमय रहनेछ। महिनाको प्रारम्भमा व्यापार स्थिति सन्तोषजनक रहनेछ तर मार्च ७ बाट केही कठिनाइहरू आउन सक्छन्। मार्च २७ पछि व्यवसायमा प्रगति देखिनेछ। पारिवारिक सहयोग पनि मिल्नेछ। आम्दानी बढ्नेछ।
सिंह राशि

मार्च १४ सम्म आत्मविश्वास प्रचुर रहनेछ। त्यसपछि धैर्यता कम हुन सक्छ। बोलीमा संयम राख्नुहोला। मार्च ७ पछि व्यापारमा सुधार आउनेछ। विभिन्न लाभको अवसर मिल्न सक्छ। तर महिनाको अन्त्यमा केही समस्या आउन सक्छ। साथीभाइको सहयोगमा रोजगारीको अवसर मिल्नेछ।
कन्या राशि

महिनाको प्रारम्भमा मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि बढ्नेछ। मार्च १५ देखि मानसिक शान्ति कायम राख्ने प्रयास गर्नुहोस्। परिवारमा धार्मिक कार्य हुनसक्छ। नोकरीमा प्रगतिको बाटो प्रशस्त हुनेछ तर कार्यक्षेत्रमा स्थान परिवर्तन पनि हुन सक्छ। परिवारबाट टाढै बस्नु पर्न सक्छ।
तुला राशि

मन प्रसन्न रहनेछ। आत्मविश्वास पनि बढ्नेछ। संगीतमा रुचि बढ्न सक्छ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। मार्च १४ सम्म आय स्थिति पर्याप्त हुनेछ। त्यसपछि आम्दानी घट्न सक्छ र खर्च बढ्न सक्छ। स्वास्थ्यको ध्यान राख्नुहोला। वाहन सुख प्राप्त हुनसक्छ। बुवाको स्वास्थ्यको पनि ख्याल गर्नु होला।
वृश्चिक राशि

मन अशान्त रहनेछ। व्यापारिक कार्यमा रुचि बढ्नेछ। व्यापार व्यवसायमा पनि मेहनत बढी हुनेछ। व्यापार व्यावसायमा आम्दानी बढ्नेछ। साथीभाइको सहयोग पनि मिल्नेछ तर स्वास्थ्यप्रति सचेत रहनुहोस्। १५ मार्चदेखि धैर्य गर्ने प्रयास गर्नुहोस्। शैक्षिक तथा अनुसन्धान कार्यमा सफलता मिल्नेछ। शैक्षिक कार्यको लागि यात्रामा जान सकिनेछ।
धनु राशि

शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्नेछ। मनको शान्तिको लागि प्रयास गर्नुहोस्। मार्च ७ देखि व्यापारमा सुधार आउनेछ। मिहिनेत बढी गर्नुपर्नेछ। काममा उन्नतिको अवसर मिल्न सक्छ। वैदेशिक रोजगारीको सम्भावना पनि रहेको छ। आम्दानी बढ्नेछ तर कार्यस्थलमा मेहनत बढी हुनेछ। परिवारबाट टाढै बस्नु पर्न सक्छ।
मकर राशि
![]()
मनमा शान्ति मिल्नेछ। आत्मविश्वास प्रचुर मात्रामा रहनेछ। मार्च ७ बाट वाणीको प्रभाव बढ्नेछ। साथीभाइको सहयोगले व्यापारमा सुधार आउनेछ। व्यापारमा लाभको अवसर मिल्नेछ। मार्च १४ पछि मेहनत बढी हुनेछ। अभिभावकको सहयोग मिल्नेछ। सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ।
कुम्भ राशि

मन विचलित हुन सक्छ। मनको शान्तिको लागि प्रयास गर्नुहोस्। मार्च ७ पछि व्यापारमा सुधार आउनेछ। आम्दानी बढ्नेछ। शैक्षिक कार्यको सुखद नतिजा मिल्नेछ। सन्तान सुखमा वृद्धि हुन सक्छ। तर आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला। जीवनसाथीको सहयोग मिल्नेछ। जीवन अस्तव्यस्त हुनेछ।
मीन राशि

आत्मविश्वासको कमी हुन सक्छ। मार्च ७ देखि व्यापारमा ध्यान दिनुहोला। कठिनाइहरू आउन सक्छ। १५ मार्चदेखि धैर्यता कम हुनेछ। परिवारमा शान्तिको लागि प्रयास गर्नुहोस्। पैतृक सम्पत्ति आम्दानीको स्रोत बन्न सक्छ। घरको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। आमाबुवाको स्वास्थ्यको ख्याल गर्नुहोला।

