नेयमारमा फुटबलको भोक नै नभएको हेनरीको शंका, मानसिक स्थिति बारे पनि उठ्यो प्रश्न चिन्ह !

थियरी हेनरीले लिग १ दिग्गज पेरिस सेन्ट जर्मेन (पीएसजी) को बारेमा कुरा गर्दा फुटबलमा मानसिक स्वास्थ्यको महत्त्वलाई पनि जिकिर गरेका छन्। पूर्व फ्रान्सेली स्ट्राइकरले विशेष गरी धेरै वर्षदेखि चर्चामा रहेका नेमारको बारेमा कुरा गरे।

ब्राजिलका फरवार्ड असाधारण क्षमता भएका खेलाडी हुन् तर उनले आफ्नो क्षमता अनुसार खेल देखाएपनि त्यसको निरन्तरताका लागि बारम्बार संघर्ष गरिरहेका छन्। प्राय: चोटका कारण मैदान बाहिर धेरै समय बिताउने गरेका नेयमारले मानसिक थकानको कुरा पनि गरेका छन्। गत समरमा लियोनेल मेस्सी नेयमार र किलियन एमबाप्पेको साथमा पीएसजीमा सामेल भएपछि धेरै फ्यानहरूले यो ट्रियोले युरोपमा विनाश मच्चाउने आशा गरेका थिए।

तर, अहिलेसम्म त्यस्तो भएको छैन। मेस्सीले आफ्नो स्तर अनुसार कमजोर प्रदर्शन गरेका छन्, जबकि नेयमार यो सिजन विरलै मैदानमा देखिएका छन्। फ्रान्सेली दिग्गजहरूको निकै उत्कृष्ट फ्रन्ट-थ्री र नेयमार मैदानमा ल्याउने विशेषताहरूबारे छलफल गर्दै, हेनरीले भने: “त्यहाँ केहि महत्त्वपूर्ण कुरा छ जुन हाइलाइट गर्न आवश्यक छ। हामीले तीनै जना सँगै खेल्दाको कुरा गर्छौं, तर कहिलेकाहीँ केही प्रतिआक्रमणहरूमा, पेरिस सेन्ट-जर्मेन अलि बढी कमजोर हुन्छ। तर पिचमा नेयमारको उपस्थितिले अन्य खेलाडीका लागि खाली स्पेसहरु खुल्छ। जब नेयमार पिचमा हुन्छन्, तपाईंले उनको कलमा ध्यान दिनुपर्छ जब उनले बल खुट्टामा पाउँछन् र खेलाउन सुरु गर्छन्।”

हेनरीले थपे कि ब्राजिलियन स्टार पनि केवल एक मानव हो, र उनको मानसिक स्वास्थ्यलाई पनि ध्यान दिनुपर्छ। उनले भने,”हामी उनी बारे धेरै प्रश्न गर्छौं, तर उनी पनि एक मानव नै हुन्। केही समयदेखि हामी देखेका छौं कि उनी आफ्नो मानसिक पक्षको बारेमा कुरा गरिरहेका छन्। के उनी अहिले मानसिक रूपमा ठीक छन्? उनीमा खेल्ने चाहना हुनुपर्छ, किनभने मानिसहरूले कहिलेकाहीं त्यो भुल्छन्। उनी एक कलाकार हुन्, तर त्यो राम्रो हुन्छ जब उनी ठिक छन्।”

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१४:४९

पीएसजी मै बस्न एम्बाप्पेलाई चौतर्फी दबाब बढ्दो, रियललाई लाग्नसक्छ झड्का !