पीएसजी मै बस्न एम्बाप्पेलाई चौतर्फी दबाब बढ्दो, रियललाई लाग्नसक्छ झड्का !

किलियन एमबाप्पेलाई सिजनको अन्त्यसँगै सकिने आफ्नो सम्झौता नवीकरण गरी पेरिस सेन्ट-जर्मेन (पीएसजी) मा बस्नको लागि बढ्दो दबाब रहेको छ। पीएसजीका मालिक र क्लब समर्थक फ्रेन्च युवा स्टारलाई क्लबमा राख्नको लागि उनको वरिपरि टोली बनाउनु पर्ने कुरामा सहमत छन्।

ठूलो प्रश्न यो हो कि विश्व विजेता स्ट्राइकरलाई क्लब मै राख्न पीएसजीको बृद्धि धेरै ढिलो आयो? किनकि फ्रेन्च क्लबले २३ वर्षीय स्टारलाई क्लबमा अड्काउनका लागि गत फेब्रुअरीमा कीर्तिमानी नयाँ सम्झौता प्रस्ताव गरेको थियो। आफ्नो भविष्य बारे बढ्दै गरेको हल्लाको बावजुद, पीएसजीमा एम्बाप्पेको प्रदर्शनमा भने कुनै असर देखिएको छैन। उनले रियल म्याड्रिडसँगको च्याम्पियन्स लिग टाईको पहिलो लेगमा विजयी गोल गरे र क्लबको पछिल्लो लिग १ खेलमा दुई गोल गर्न सफल भए।

पीएसजी समर्थकको ब्यानर 

पार्क डे प्रिन्सेसको अटुइल स्ट्यान्डमा ब्यानरको साथ प्रशंसकहरूले एमबाप्पेलाई आफ्नो समर्थन देखाएका छन्। “बन्डी देखि पेरिस सम्म, किलियन, तपाईंको कथा यहाँ लेखिएको छ,” उनीहरूको ब्यानरमा उल्लेख छ। फ्रान्सेली मिडियाले एमबाप्पे पेरिस मै बस्ने आशामा अडिग छन्, विशेष गरी पछिल्लो खेलमा दुई गोल गरे जसले उनलाई क्लब इतिहास कै सार्वाधिक गोलकर्ताको सूचीमा दोस्रो स्थानमा राख्यो।

एमबाप्पेलाई एडिन्सन काभानीको क्लबको २०० गोलको कीर्तिमान तोड्न थप ४४ गोल चाहिन्छ। पीएसजीमा थप एक सिजन उनले इतिहास रच्न सक्नेछन्। “मैले [ज्लाटन इब्राहिमोभिकको संख्या] बराबरी गरेको छु र, यदि कुनै ठूलो समस्या भएन भने, म उनलाई पनि उछिन्नेछु,” एमबाप्पेले भने, “काभानीको कीर्तिमान [भंग हुन बाँकी छ]। हेरौं के हुन्छ। पीएसजीको इतिहासमा शीर्ष गोलकर्ता बन्ने सम्भावनालाई बेवास्ता गर्न सकिन्न। मेरो लक्ष्य सधैं मानिसहरूको सम्झनाहरूमा छाप छोड्ने हो, तथ्याङ्क वा दृश्यात्मक वा भावनात्मक रूपमा।”

“यहाँ पेरिसमा म खुसी छु। म सधैं पहिलो हुन चाहन्छु। अझै थुप्रै खेलहरू बाँकी छन्। तर मुख्य लक्ष्य भनेको च्याम्पियन्स लिग वा अर्को लिग १ जित्नु हो,” उनले भने।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१५:४५

रियल म्याड्रिड र एम्बाप्पे बीचमा तगारो बन्यो काभानी फ्याक्टर, रियल पर्न सक्छ ट्वा !