रोनाल्डोको भविष्य बारे युनाइटेडले गर्यो निर्णय !

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले क्रिस्टियानो रोनाल्डोको भविष्य बारे निर्णय गरेको थाहा हुन आएको छ। विभिन्न बेलायती मिडियाहरुले रोनाल्डोको भविष्य बारे निर्णय गरिसकेको बताएका हुन्।

बेलायतबाट प्रकाशित हुने पत्रिका डेली मेलका अनुसार युनाइटेडले रोनाल्डोको विषयमा निर्णय गरिसकेको छ र निर्णय यो छ कि रोनाल्डो आउने सिजन क्लबमै रहनेछन्। युनाइटेडका अधिकारी बीच भविष्यका रणनीतिहरुलाई लिएर छलफल भएको र सो क्रममा रोनाल्डोलाई क्लबमै राख्ने निर्णय गरिएको डेली मेलले जनाएको छ।

युनाइटेडले भित्रि रुपमा गरेको निर्णय अनुसार रोनाल्डो मात्र होइन एन्थोनी मार्सियल पनि क्लबमै रहनेछन्। यी दुई खेलाडी आउने समर ट्रान्सफर विन्डोमा बिक्रीका लागि उपलब्ध हुने छैनन्।

मार्सियल हाल लालिगा क्लब सेभियामा छन्। युनाइटेडमा मौका दिने अवस्था नबनेपछि क्लबले उनलाई लोनमा सेभिया पठाएको हो। सेभिया पुगेपछि उनले एक गोल गरेका छन् भने उनी अहिले घाइते छन्।

युनाइटेडले रोनाल्डोलाई क्लबमै राख्ने निर्णय गरेपनि रोनाल्डोको तर्फबाट भने क्लबमा रहने-नरहने भन्ने स्पष्ट भइसकेको छैन। युनाइटेड च्याम्पियन्स लिगका लागि छनौट हुन नसकेको खण्डमा उनले क्लब छाड्न सक्ने बताइन्छ। रोनाल्डोलाई क्लबमा अड्याउन अब युनाइटेड जुनै पनि हालतमा शिर्ष चारमा टिकिरहनु पर्नेछ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८१९:१८

ठूलो धर्मसंकटमा एम्बाप्पे ! के गर्लान् अब ?