१२ वर्षपछि कुम्भ राशिमा बन्दैछ दुई ठुला ग्रहको संयोग, ३ राशिलाई मिल्नेछ विशेष लाभ

काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा ग्रहको राशि परिवर्तनको विशेष महत्व छ। कुनै पनि ग्रह गोचरको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। सूर्यदेवले पहिल्यै नै कुम्भ राशिमा गोचर गरिसकेको छ। यो राशिमा पहिल्यैदेखि गुरु ग्रह विराजमान थियो। अहिले कुम्भ राशिमा सूर्य र बृहस्पति ग्रहको संयोग बनिरहेको छ। ज्योतिष शास्त्रमा यो योगलाई अत्यन्तै खास मानिन्छ। यी दुई ग्रहबीच मित्रताको भावना हुन्छ। जान्नुहोस् दुई ग्रहको संयोगले कुन-कुन राशिको जीवनमा खुशी ल्याउनेछ त ?

• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

मेष राशिको एघारौं भावमा सूर्य र बृहस्पतिको संयोग बनिरहेको छ। ११ औँ भावलाई आयको भाव मानिन्छ। यस अवधिमा तपाईको आयमा वृद्धि हुने योग बन्नेछ। फजूल खर्च रोकिनेछ। पैसा लगानी गर्नेबारे सोच्दै हुनुहुन्छ भने यो समयावधि तपाईको लागि अनुकूल छ।

• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

सूर्य र बृहस्पतिको संयोग तपाईको राशिको दशौँ यानी कर्म र करियरको भावमा बनिरहेको छ। त्यसैले तपाईले नयाँ कामको प्रस्तावहरु प्राप्त गर्नुहुनेछ। जागिरदारहरुको बढुवा हुन् सक्छ। कार्यस्थलमा तपाईको कार्यकौशलतामा स्तरोन्नति हुनेछ। उच्च अधिकारीसँगको सम्बन्ध सुमधुर रहनेछ। व्यापारमा धन लाभ हुन् सक्छ।

• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –

सूर्य र बृहस्पतिको संयोग मकर राशिको दोस्रो यानी धन, वाणी भावमा बनिरहेको छ। यस अवधिमा तपाईलाई अचानक धन लाभ हुनेछ। व्यापारमा नयाँ सम्झौता हुनसक्छ। यी दुई ग्रहको मिलनले यस राशिका व्यक्तिहरूलाई करियरमा विशेष लाभ मिल्नेछ।

प्रकाशित : मङ्गलबार, फागुन १७, २०७८२१:४६

ह्वात्तै बढ्यो सुनको मूल्य, सुन ५ सय ६० दिनकै महँगो !