अहिले सामाजिक सञ्जाल राजनीति कारणले भन्दा पनि अभिनेता पल शाह प्रकरणले निकै तातेको छ । फागुन ११ गते बलात्कारको आरोप लागेपछि फरार राहेका अभिनेता पल शाह १५ गते आइतबार आत्मसमर्पण गरेका छन् भने अहिले अभिनेता पुलिस हिरासतमा छन् । नाबालिका गायिका समीक्षा अधिकारीले अभिनेता पल विरुद्ध जबरजस्ती करणीको आरोपमा उजुरी दिएपछि उनले आइतबार ततनहुँ पुगेर आत्मसमर्पण गरेका हुन् ।
यस विषयमा अहिले धेरै कलाकार तथा अभिनेता अभिनेत्रीले आफ्नो धारण राखेका छन् । जसमा अहिलेसम्म थापा, ऋचा शर्मा, रिमा विश्वोकर्मा लगायतका अभिनेत्रीले सामाजिक सञ्जालमा आफ्नो धारणा राखेका छन् । त्यस्तैमा आज नेपाको पूर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफ्नो धारणा व्यक्त गरेकी छिन् । सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट सार्वजनिक गरेकी छिन् ।
श्रृङ्खला लेख्छिन् अहिले मानिसहरु पीडित भन्दा पनी पीडकको समर्थनमा बढी देखिएका छन् । यथार्थ बाहिर नआउँदै एक पीडकको समर्थन भइरहँदा ती बालिकालाई कस्तो मानसिक प्रभाव पारेको छ भन्ने कुरा कसैले कल्पना गर्न समेत सकेका छैनन् । सर्व प्रथम नाबालिगसँग यौन सम्बन्ध स्थापित गर्नु नै अपराध भएको श्रृङ्खलाको भनाइ छ ।