एजेन्सी – युरोपको शिर्ष फुटबल लिगमा पर्ने प्रिमियर लिगको उपाधि होड रोमान्चक बन्दै गइरहेको छ। प्रिमियर लिगको उपाधिका लागि हालको अवस्थामा लिभरपुल र म्यानचेस्टर सिटी प्रतिष्पर्धा गरिरहेका छन्। लिगमा ६ अंकको अग्रता बनाएपनि लिभरपुलले सिटीलाई कडा टक्कर दिरहेको छ।
जारी सिजनमा लिभरपुलका खेलाडीहरु उच्च लयमा देखिएका छन्। प्रिमियर लिगमा सर्वाधिक गोल देखि सर्वाधिक असिस्ट सम्ममा लिभरपुलका खेलाडीहरुको वर्चस्व छ।
प्रिमियर लिग शिर्ष गोलकर्ताको सूचीमा लिभरपुलका तीन खेलाडी छन्। १९ गोल सहित मोहम्मद सलाह शिर्ष स्थानमा रहँदा दोस्रो स्थानमा डिएगो जोटा छन्। उनले अहिले सम्म १२ गोल गरिसकेका छन्। त्यस्तै तेस्रो स्थानमा रहेका साडियो मानेले ११ गोल गरेका छन्।
असिस्टको सूचीको शिर्ष तीन पनि लिभरपुलका खेलाडीहरुले नै ओगटेका छन्। लिभरपुलका ट्रेन्ट एलेक्जेन्डर–आर्नोल्ड १० असिस्ट सहित शिर्ष स्थानमा छन्। दोस्रो स्थानमा रहेका सलाहले पनि अहिले सम्म १० असिस्ट दिसकेका छन्। ९ असिस्ट सहित एन्डी रोबर्टसन तेस्रो स्थानमा छन्।
जारी सिजनमा लिभरपुलको तर्फबाट ७० गोल भइसकेको छ। गोलको मामलामा लिभरपुल म्यानचेस्टर सिटी भन्दा ६ गोलले अगाडी छ। एक खेल बढी खेलेको सिटीले ६४ गोल गरिसकेको छ। लिभरपुल यस सिजनको सर्वाधिक गोल गर्ने प्रिमियर लिग क्लब हो।
लिभरपुल घरेलु लिगमा सर्वाधिक गोल गर्ने दोस्रो टोली हो। गोलको मामलामा लिभरपुल युरोपभर बायर्न म्युनिख भन्दा पछि छ। बायर्नले अहिले सम्म ७५ गोल गरिसकेको छ।

