फ्रेन्च मिडियाहरुले भने – ‘आफूले भन्दा एम्बाप्पेले बढी कमाउने भएपछि मेस्सी डाडले भूतुक्कै’

एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा युवा स्टार किलियन एम्बाप्पेको सम्झौता केहि समयका लागि मात्र छ। आउने ६ महिना भन्दा कम समयमा नै एम्बाप्पे फ्री एजेन्ट हुनेछन्।

पिएसजी फरवार्ड किलियन एम्बाप्पेलाई क्लबमा अड्याउन कटिबद्ध देखिएको छ। एम्बाप्पेलाई क्लबमा अड्याउन पिएसजी जुन सुकै हद सम्म जाने स्पष्ट छ। एम्बाप्पेलाई क्लबको दिर्घकालिन योजनामा राख्ने पिएसजीको योजना रहेपनि एम्बाप्पेले भने सम्झौता नवीकरण मानिरहेका छैनन्।

फ्रेन्च मिडियाहरुका अनुसार पिएसजीको सबै भन्दा प्रमुख प्राथमिकतामा अहिले एम्बाप्पेको सम्झौता छ। पिएसजीले एम्बाप्पेलाई फेब्रुअरीमा एक कीर्तिमानी सम्झौता प्रस्ताव गरेको फ्रेन्च मिडियाहरु बताउँछन्।

पिएसजीले एम्बाप्पेलाई साप्ताहिक १ मिलियन युरो भन्दा बढी पारिश्रमिक दिने प्रस्ताव गरेका छन्। त्यसको अलावा पिएसजीले एम्बाप्पे नै पिएसजीको योजनाको केन्द्रमा रहने स्पष्ट पनि पारेको फ्रेन्च मिडियाहरुको दावी छ।

एम्बाप्पेले पिएसजीको प्रस्ताव स्वीकार गरेको खण्डमा उनी विश्वकै बढी पारिश्रमिक पाउने खेलाडी बन्नेछन्। पिएसजी एम्बाप्पेलाई वार्षिक ५५ मिलियन युरो सम्म पारिश्रमिक दिन तयार भएको बताइन्छ। पिएसजीमा मेस्सीले वार्षिक ४१ मिलियन युरो पारिश्रमिक पाइरहेका छन्। अहिले उनी पिएसजीमा सर्वाधिक पारिश्रमिक लिने खेलाडी हुन्। तर छिट्टै नै एम्बाप्पेले पारिश्रमिकको मामलामा उनलाई उछिन्न सक्ने सम्भावना छ।

असन्तुष्ट मेस्सी

फ्रेन्च मिडियाहरुमा अनुसार पारिश्रमिकको मामलामा एम्बाप्पेले उछिन्ने भएपछि लियोनेल मेस्सी असन्तुष्ट भएका छन्। एम्बाप्पे विश्वकै धेरै पारिश्रमिक लिने खेलाडी बन्न लागेको कुरा मेस्सीलाई चित्त नबुझिरहेको फ्रेन्च मिडियाहरुको दावी छ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८०९:३३

सिटी छाडेकोमा बालोटेलीलाई ठूलो पछुतो, भन्छन् – ‘सिटीमै रहेको भए बालोन डी’ओर जितिसक्थें’