को हुन् यी नेपाली युवा जसले रुस विरुद्ध युक्रेनका लागि युद्ध लड्ने गरे फैसला [भिडियो सहित]

photo: social media

काठमाडौं : युक्रेनमा रहेका नेपाली युवा प्रताप बस्नेतले पनि रुसविरुद्धको युक्रेनको तर्फबाट युद्ध लड्न आफू तयार रहेको घोषणा गरेका छन्। युक्रेनमा रहेका अन्य नेपाली युक्रेनका छिमेकी मुलुकमा सुरक्षित स्थानमा आश्रय खोज्दै गरेको समयमा बस्नेतले बहने आफू बसेको देशका लागि लड्ने फैसला गरेका हुन्।

युक्रेनबाट एक भिडियो सन्देश रेकर्ड गर्दै उनले रुसविरुद्धको युद्धमा लड्न सेनामा भर्ती भएको जानकारी दिएका हुन्। अहिले उनको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। “युक्रेन अहिले रुस विरुद्ध लडिरहेको छ। सार्वभौमसत्ताको रक्षाका लागि यो युद्धमा एक सच्चा देशभक्तको हैसियतमा मैले युक्रेनको पक्षबाट लड्ने निर्णय गरेको छु,” बस्नेतले भने, “यतिबेला युक्रेनलाई सहयोगको अत्यन्त आवश्यकता रहेको छ।  मलाई युक्रेनले खाना दिएको छ, काम दिएको छ। त्यसैले, अब देशलाई आवश्यकता पर्दा म सहयोग गर्न तयार रहेको छ। म यो देशको लागि मेरो अन्तिम सास रहेसम्म लड्ने प्रण गर्छु।  युक्रेन सेनाको हिस्सा हुन र युद्ध लड्न पाउँदा मलाई गर्व छ।”

रुसी आक्रमणपछि युक्रेनमा बसोबास गर्ने धेरै नेपाली राजधानी किभबाट छिमेकी मुलुक पोल्याण्ड, बेलारुस र जर्मनी जस्ता सुरक्षित क्षेत्रमा पलायन भइसकेका छन्। उनीहरु सबै त्यहाँबाट सकेसम्म छिटो नेपाल फर्कने तयारीमा रहेका छन्। तर, बस्नेतले भने आफ्ना साथीहरूको विपरीत कीभमा बसे र युक्रेन सेनामा सामेल भइ रुस विरुद्ध युक्रेनको तर्फबाट युद्द लड्ने निर्णय गरेका हुन्।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८११:२९

भोलि फाल्गुन २० गते शुक्रबार,शुभ-अशुभ कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल !