हिजो डेढ वर्षकै महँगो भएको सुनको भाउ आजै ह्वात्तै घट्यो, कति पुग्यो ?

काठमाडौँ – फागुन महिना लागेपछि लगातार महँगो भइरहेको सुनको मूल्य आज भने घटेको छ। साताको पहिलो दिन घटेर दोस्रो दिन बढी तेस्रो दिन घटेको सुनको मूल्य हिजो बढेको थियो भने आज ह्वात्तै घटेको छ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा ५ ​सय रुपैंयाँले घटेको छ। जससँगै छापावाला सुनको मूल्य ९९ हजार रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि ५ सय रुपैंयाँले नै घटेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला ९८ हजार ५ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

बुधबार सुन डेढ वर्षकै महँगो

बिहिबार सुन झन्डै डेढ वर्ष यताकै महँगो भएको थियो। नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार बिहिबार कायम भएको सुनको मूल्य ५ सय ६० दिनकै महँगो हो। गत वर्ष भदौ ३ गते १ लाख ४ सय रुपैंयाँमा कारोबार भएतायता छापावाला सुन हिजोको जति मूल्यमा कहिले पनि कारोबार भएको छैन।

चाँदीको मूल्य

आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य भने बढेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदीको मूल्य तोलामा रु ५ ले बढेको छ। नेपाली बजारमा आज चाँदी प्रतितोला १ हजार ३ सय ८० रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बिहिबार, फागुन १९, २०७८१२:०३

सुन आयातको सीमा घट्यो, तोलाको एक लाख लाघ्यो !