प्रिमियर लिग क्लब आर्सनलले ‘अर्को क्रिस्टियानो रोनाल्डो’ अनुबन्ध गर्ने मौका गुमाएको पाभेल नेदभेडले दाबी गरेका छन्। युभेन्टस प्रमुखले डुसान भ्लाहोभिकलाई संकेत गर्दै थिए, जो जनवरीमा फियोरेन्टिनाबाट युभेन्टससँग अनुबन्ध भएका थिए।

आर्सनलले जनवरीमा भ्लाहोभिकलाई क्लबको प्रमुख टार्गेटको रूपमा हेरेपनि सर्बियन खेलाडीले भने इटालियन महारथीलाई रोजे। मिकेल अर्टेटा र एडु गास्पर सर्बिया अन्तर्राष्ट्रिय स्टारका फ्यान्स रहेका छन् र पूर्व फियोरेन्टिना स्टारका लागि बिड पनि तयार रहेको थियो। तर २२ वर्षीय स्टारको दिमागमा आर्सनल कतै थिएन।

आर्सनलको साथै टोटेनह्याम र बार्सिलोनाले पनि भूतपूर्व पार्टिजन स्टार माथि चासो देखाएका थिए, तर उनी मात्र युभेन्टससँग अनुबन्ध हुन मात्र इच्छुक थिए। जसको कारण पनि अन्तमा, ओल्ड लेडीले उनलाई फियोरेन्टिनाबाट ६३ मिलियन भन्दा कम मूल्यमा अनुबन्ध गर्यो, र उनले पहिले नै क्लबमा ठूलो प्रभाव पारिसकेका छन्। यति मात्र हैन, युभेन्ट्सका उपाध्यक्ष नेदभेडले फरवार्डलाई आफ्नो पुरानो सुपरस्टार खेलाडी रोनाल्डोसँग तुलना गरेका छन्।

कोपा इटालियाको सेमिफाइनलमा भ्लाहोभिक फियोरेन्टिना फर्कनु अघि, नेडभेडले भने: “फुटबलमा केहि पनि सजिलो छैन। हामीसँग सधैं सिजनभरको उद्देश्यहरू हुन्छन्। हामी सेमिफाइनलमा पुगेकाले हामी फाइनल र यस प्रतियोगिता जित्ने लक्ष्यको साथ छौं।” क्लबमा भ्लाहोभिकको प्रभावको बारेमा बोल्दै उनले भने, “म इमानदार हुनुपर्छ, उनले मलाई पनि आश्चर्यचकित पारेका छन्। क्रिष्टियानो रोनाल्डो जस्ता शीर्ष खेलाडीहरूसँग तुलनाहरू हुन थालेका छन्।”

