रामोसले रियल म्याड्रिड विरुद्धको दोस्रो लेग पनि गुमाउने !

एजेन्सी- यसै सिजन रियल म्याड्रिडबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका सर्जियो रामोसलाई शरीरले त्यति साथ दिरहेको छैन। सिजनको शुरुवातमै घाइते भएर कयौं महिना मैदानबाट बाहिर रहेका उनी अहिले पनि मैदान बाहिर छन्।

रामोसले पिएसजी आएयता कमै मात्र मैदानमा उत्रिन पाएका छन्। जारी सिजनमा रामोसले पिएसजीका लागि मात्रै ५ खेल खेलेका छन्। जसमध्ये १ खेलमा उनले गोल पनि गरेका थिए।

च्याम्पियन्स लिगमा पिएसजीले रियल म्याड्रिडको सामना गर्नु अगाडी रामोस ठिकै थिए। तर रियलको सामना गर्नु अगाडी नै उनी घाइते हुन पाए। त्यसयता उनी आराम गरिरहेका छन्।

रियल म्याड्रिड विरुद्धको दोस्रो लेगमा उपलब्ध होलान् ?

विभिन्न फ्रेन्च मिडियाहरुका अनुसार रामोसले च्याम्पियन्स लिग अन्तर्गत रियल विरुद्धको दोस्रो लेग पनि गुमाउनेछन्। रामोस रियल म्याड्रिड विरुद्धको खेलका लागि उपलब्ध नहुने बताइन्।

रामोसले पिएसजी आएयता मात्रै ५ खेल खेलेका छन्। जसमा उनले १ गोल गरेका छन्। रामोसले पिएसजीबाट च्याम्पियन्स लिग डेब्यू गर्न अझै बाँकी छ।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८०९:५५

जाभीले हालाण्डलाई भेटेको खुलासा !