जाभीले हालाण्डलाई भेटेको खुलासा !

एजेन्सी – क्याट्लन क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्देजले बोरुसिया डर्टमण्डक युवा स्टार एर्लिङ हालाण्डलाई भेटेको खुलासा भएको छ। जर्मनी तथा स्पेनबाट प्रकाशित हुने विभिन्न मिडियाहरुले जाभी र हालाण्ड बीच भाते भएको खुलासा गरेका हुन्।

विभिन्न संचार माध्यमहरुले गरेको दावी अनुसार जाभी र हालाण्ड बीच गएको हप्ता भेट भएको थियो। जाभी र हालाण्ड बीच गएको साता जर्मनीमा भेट भएको मिडियाहरु बताउँछन्।

भेटघाटका क्रममा जाभीले हालाण्डलाई बार्सिलोनाका योजनाहरु जानकारी गराएका थिए। बार्सिलोनाको पुनः निर्माण शुरु भइसकेको र आफूहरु भविष्यलाई ध्यानमा राखेर टोलीको निर्माण गरिरहेको जाभीले बताएका थिए। सो भेटघाट पछि हालाण्ड बार्सिलोना जाने सम्भावना बढेर गएको क्याटलान मिडियाहरुको दावी छ।

मिडियाहरुले दुई बीच भेट भएको दावी गरेपनि यसको आधिकारिक पुष्टि भने भएको छैन। बार्सिलोनाका अधिकारीहरुले यस बारे अहिले सम्म मुख खोलेका छैनन्।

बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा हालाण्डलाई भित्र्याउने योजना सहित अगाडी बढिसकेका छन्। लापोर्टाको सबै भन्दा ठूलो चुनौती आर्थिक पक्ष छ। चरम आर्थिक संकटका बीच हालाण्डलाई भित्र्याउन उनी विभिन्न रणनीति बनाइरहेका छन्।

केहि महिना अगाडी मात्रै लापोर्टाले हालाण्डका एजेन्ट मिनो राइओलालाई भेटेका थिए। त्यसबेला दुई बीच हालाण्डको विषयमा विस्तृत कुराकानी भएको थियो।

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८१०:०८

रामोस पिएसजीबाट आउट ?