पल-समिक्षा प्रकरण, प्रियंका भन्छिन्- “कानुन भन्दा जान्ने हुनु हुँदैन, काम गर्न दिनुस्”

अहिले सामाजिक सञ्जालमा एक नाबालिका गायिकाले नायक पल शाहको विरुद्धमा दिएको उजुरीको विषयले निकै चर्चा पाएको छ । अहिले गायिका समिक्षा अधिकारीले नायक पल शाहको विरुद्धमा बला-त्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय, तनहुँबाट र नवलपुरकाे गैँडाकोटकोबाट गरी दुई स्थानबाट नायक पल शाहको विरुद्धमा उजुरी दिएकी छिन् ।

अहिले अभिनेता पल र समीक्षाको विषयलाई लिएर विभिन्न कलाकार ले आफ्नो धारणा राख्दै आएका छन् । यही क्रममा केही दिन पहिले अभिनेत्री ऋचा शर्मा, रेखा थापा, सञ्चिता लुइँटेल, विनिता वराल र पुर्व मिस नेपाल श्रृङ्खला खतिवडाले आफ्नो धरान राखेका थिए त्यस समय उनीहरुले व्यक्त गरेको धारणा सामाजिक सञ्जालमा निकै भाइरल भएको थियो ।

त्यस्तै अहिले अभिनेत्री प्रियंका कार्कीले राखेको तर्क अहिले सामाजिक सञ्जालमा निकै भाइरल भएको छ । अभिनेत्रीले एक पोस्ट सार्वजनिक गर्दै नेपाली समाजमा पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठुलै हिम्मत बोकेर आउन सक्नु पर्ने बताएकी छिन् ।

यस प्रकार छ अभिनेत्रीले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक गरेको पोस्ट….

‘दुखको कुरा, हामी यस्तो समाजमा रहेका छौँ, जहाँ पीडितले “म पीडित हुँ” भन्न मात्र पनि ठूलै हिम्मत बोकेर आउनुपर्छ। यस्तोमा, अगाडि बढेर आवाज उठाउने हरेक पीडित महिला दिदी-बहिनीहरुको म भित्री आत्मा देखि नै कदर गर्दछु।’

अभिनेत्री थप लेख्छिन् ‘नाबालिगको हकमा, मैले बुझे अनुसार, उमेरको हदबन्दी (१८ वर्ष) नेपालमा मात्र हैन, विश्वका सबै देशमा आफ्नो परिवेश अनुसार उमेर नपुगेकाहरुको ‘निर्णय लिन सक्ने क्षमता’ लाई ध्यानमा राखेर नै बनाइएको हुन्छ। नाबालिगहरु निर्णय लिन सक्ने क्षमता राख्दैनन् र तिनको संरक्षण सभ्य समाजको उत्तरदायित्व पनि हो भन्ने मेरो पनि मान्यता हो। यस्तो अवस्थामा, नाबालिगले ‘म पीडित हुँ’ भन्दा, उनको चरित्र माथि नै प्रश्न चिन्ह उठाउनु एउटा जिम्मेदार समाजको काम हुनै सक्दैन। बाँकी काम कानुनको, वहाँहरुलाई निष्पक्ष काम गर्न दिनु हाम्रो कर्तव्य हो।’

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८११:११

नेपाली समाजलाई ऋचाको कडा प्रहार-“वस्त्र लगाएर जन्मिने गर महिला, नत्र गिद्दहरु उत्तेजित होलान्”