ठूलो रकममा टोरेस अनुबन्ध गर्न सक्ने क्लबले मेस्सीलाई रोक्न सकेन र? केही कुरा ठिक छैन !

रोनाल्ड कोम्यानले गत समरमा लियोनल मेस्सीको सम्झौता नवीकरण नगर्ने क्लबको निर्णयमाथि प्रश्न उठाउँदै बार्सिलोना छाड्ने विषयमा आफ्नो मौनता तोडेका छन्।

जारी सिजनको सुरुवात निकै खराब भएपछि गत अक्टोबरको अन्त्यमा बार्सिलोनाले डच प्रशिक्षकलाई बर्खास्त गरिएको थियो। यस्तोमा हालै मात्र उनले यसबारे आफ्नो मुख खोलेका छन्। जसक्रममा उनले जनवरीमा फेरान टोरेसलाई ५५ मिलियन युरोमा अनुबन्ध गर्न सक्ने क्लबले गत समरमा मेस्सीलाई छोड्ने निर्णयमा आश्चर्य व्यक्त गरेका छन्।

“क्लबको आग्रहका कारण मैले केही खेलाडीहरूको बहिर्गमन स्वीकार गरें, ताकि उनीहरूले आर्थिक व्यवस्था मिलाउन सकून्,” कोम्यानले डच पत्रिका अल्जेमिन डग्ब्लाडलाई भने, “तर जब तपाईंले लियोनेल मेस्सीलाई छोड्ने बित्तिकै ५५ मिलियन यूरोमा [फेरान टोरेस] लाई अनुबन्ध गरेको देख्नुहुन्छ, तपाईंलाई केहि सही नभएको होकी भन्ने लाग्छ। मेस्सीले क्लब किन छाड्नु पर्यो ?”

बार्सिलोनाको जनवरी ट्रान्सफर विन्डो

बार्सिलोनाले जनवरी ट्रान्सफर विन्डोमा उल्लेखनीय रूपमा लगानी गर्यो, र कोम्यानले थपे कि उनी क्लबमा हालै अनुबन्ध गरिएका खेलाडीहरूको साथमा काम गर्न पाएको भए खुसी हुने बताएका छन्। “म पनि [ती खेलाडीहरू] पाएको भए भन्ने लाग्छ,” उनले भने, “तर म क्लबको लागि खुसी छु किनभने चीजहरू राम्रो हुँदैछन्।”

प्रकाशित : शुक्रबार, फागुन २०, २०७८११:३९

कोम्यानले गरे लापोर्टाको भण्डाफोर, जाभी बारे यसो भनेका रहेछन् !