लिभरपुलका स्टार खेलाडी मोहम्मद सलाहले २०२१ को बालोन डी’ओर वरीयतामा आफ्नो स्थानबाट अचम्मित भएको स्वीकार गरेका छन्। गत वर्षको ब्यालोन डी ओर अवार्डमा सातौं स्थानमा रहेका स्टार फरवार्डले धेरै देशहरूलाई मतदान कसरी गर्ने भन्ने अझै थाहा नभएको बताएका छन्।

सन् २०१७ मा इटालियन क्लब एएस रोमाबाट प्रिमियर लिग क्लब लिभरपुल प्रस्थान गरेदेखि मर्सीसाइड क्लबका लागि निकै उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्। क्लबसँग अनुबन्ध भएदेखि सलाहले लिभरपुलका लागि सबै प्रतियोगिताहरूमा २३५ खेलमा १५२ गोल र ५७ असिस्ट प्रदान गरेका छन्। गत सिजन २९ वर्षिय खेलाडीले ३१ गोल र ६ असिस्ट मात्र गरेनन्, उनले २०२१-२२ सिजन पनि निकै सानदार तरिकाले सुरुवात गरेका थिए। तर गत नोभेम्बरमा ब्यालोन डी ओर अवार्डमा सलाह सातौँ स्थानमा देखेर धेरैलाई यो कुरा पचेन।

२०२१ बालोन डी’ओरलाई फर्केर हेर्दा, इजिप्टियनले “गलत छनोटहरू” भएको हुनसक्ने दाबी गर्दै आफ्नो निराशा व्यक्त गरेका छन्। लिभरपुल इकोसँग कुरा गर्दै, उनले भने: ‘बालोन डी’ओरको नतिजा मेरो लागि निराशजनक थियो। मसँग यसको बारेमा धेरै कुरा छैन, तर गत वर्ष सातौं स्थानमा पुग्ने आशा गरेको थिएन, तर त्यही भयो।”

निराश भए पनि, सलाहले यसलाई षड्यन्त्र भन्न अस्वीकार गरे र असमान मतदानले परिणामलाई असर गरेको हुन सक्ने उनी बताउँछन्। उनले थपे: “मलाई लाग्दैन कि षड्यन्त्र सिद्धान्त वा केहि छ, तर त्यहाँ गलत छनौटहरू हुन सक्छ र त्यहाँ धेरै देशहरू छन् जसलाई कसरी मतदान गर्ने थाहा छैन। मसँग केहि गलत छ भनेर प्रमाणित गर्न केहि छैन। मलाई साँच्चै थाहा छैन, तर नतिजा देखेर म छक्क परें।”

