हरेक मानिसले कुनै न कुनै सपना देखेका हुन्छन्। ती सपना राम्रो वा नराम्रो होस्, तिनीहरूको आफ्नै अर्थ हुन्छ। विशेष गरी रातको निद्रामा, बिहानको समयमा देखेका सपनाहरूको परिणाम निश्चित रूपमा मिल्छ भन्ने विश्वास रहेको छ। यस बारेमा सपना शास्त्रहरूमा विस्तृत रूपमा व्याख्या गरिएको छ। आज हामी केहि यस्ता सपनाहरू बारे बताउँछौं जुन प्राय: धेरै मानिसहरूलाई कुनै न कुनै समयमा आउँछ। बारम्बार देखिने यी सपनाले राम्रो वा नराम्रो कस्तो सङ्केत गर्छ ? जान्नुहोस्….

सपनाबाट मिल्ने राम्रो र नराम्रो सङ्केत
सपनामा पूजा हुँदै गरेको देख्नुको अर्थ कुनै न कुनै योजनाको लाभ मिल्ने सङ्केत हो।
सपनामा टोपी देखियो भने मानिसको इज्जत बढ्छ।
सपनामा गाई वा बाछो देखिएमा शुभ समाचार प्राप्त हुन्छ।

सपनामा वसन्त ऋतु देखिएमा वा रंगीन फूलहरू देखिएमा यो भाग्य वृद्धिको सङ्केत हो।
सपनामा आफ्नो मृ-त्यु भएको देख्नु कुनै गम्भीर रोगबाट छुटकारा पाउने पूर्व सङ्केत हो।
सपनामा ला-स देख्नुको अर्थ कुनै शुभ घटना घट्न लागेको सङ्केत हो।

सपनामा स्वर्ग देख्नुको अर्थ हो कि तपाईं चाँडै विलासी जीवनको आनन्द लिनुहुनेछ।
सपनामा सुगा देख्नु धेरै धन प्राप्तिको सङ्केत मानिन्छ।
सपनामा पार्टी गरिरहेको देख्नु कुनै ठूलो उपलब्धि प्राप्त गर्ने सङ्केत हुन सक्छ।

सपनामा दूध देख्नु निकै शुभ मानिन्छ। यस्तो सपनाले सुख र समृद्धि बढाउँछ।

