“रोनाल्डो खेलाडी हुन्, भगवान होइनन्”

एजेन्सी – म्यानचेस्टर युनाइटेडका पूर्व डिफेन्डर मिकेल सिल्भेस्ट्रेले आफ्ना पूर्व सहकर्मी क्रिस्टियानो रोनाल्डोको बचाउ गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कम्जोर प्रदर्शन गरिरहेको भनेर आलोचना भइरहेका रोनाल्डोको सिल्भेस्ट्रेले बचाउ गरे।

युभेन्टसबाट युनाइटेड आएपछि रोनाल्डोले अपेक्षा गरिए जस्तो प्रदर्शन गर्न सकिरहेका छैनन्। रोनाल्डोले पछिल्ला १० खेलमा मात्रै १ गोल गरेका छन्। यससँगै रोनाल्डोको चर्को आलोचना भइरहेको छ।

रोनाल्डो ठूलो नाम रहेको हुँदा उनको आलोचना हुनु सामान्य रहेको सिल्भेस्ट्रेले बताए। युनाइटेडको वर्तमान फर्मका आधारमा रोनाल्डोले सन्तोषजनक प्रदर्शन गरिरहेको सिल्भेस्ट्रेको भनाई छ।

“उनले यति ठूलो नाम बोकिरहेका छन्। त्यसैले उनले अपेक्षा उच्च बोकेका छन्। यस्तोमा उनको आलोचना हुनु सामान्य नै हो। रोनाल्डोको हकमा कुरा गर्नु पर्दा यस सिजनको तथ्याङ्क उनको पक्षमा छ। विशेष गरी टोलीको हालको फर्मलाई हेर्दा उनले राम्रै गरिरहेका छन्।”,सिल्भेस्ट्रेले भने।

गोल गर्न नसकिरहेपनि युनाइटेडलाई रोनाल्डोबाट राम्रै भइरहेको सिल्भेस्ट्रेको भनाई छ। रोनाल्डो भगवान नभएर एक खेलाडी रहेको पनि सिल्भेस्ट्रेले बताए। उनले भने,”खेलहरूको दौडमा पनि उनले गोल गर्न सकिरहेका छैनन्। खेलजीवनमा यस्तो हुन्छ। उनी रोनाल्डो हुन्, भगवान होइनन्।”

प्रकाशित : शनिबार, फागुन २१, २०७८१०:२९

रामोसबाट जानकारी लिएर रियललाई हराउने पोचेटिनोको योजना !