एजेन्सी : साई पल्लवी साउथ इन्डस्ट्रीमा निकै चर्चित अभिनेत्री हुन्। उनको सामाजिक सञ्जालमा लाखौँ फ्यान छ। साईको तस्विरहरु सामाजिक सञ्जालमा भाइरल भईरहन्छ। उनको आफ्नो करियरको सुरुवात ‘प्रेमम’ फिल्मबाट गरेकी थिइन् र पहिलो फिल्मबाट साई दर्शकको मनमा छाएकी थिइन्।
के तपाईलाई थाहा छ साई पल्लवी कहिले पनि अभिनेत्री बन्न चाहदिनथिन्। उनले मेडिकलको डिग्री लिएकी थिइन्। यदि उनी अभिनेत्री नबनेको भए उनी एक कार्डियोलजिस्ट हुन्थिन्। उनी २०१४ सालमा पढिरहेकी थिइन् तब उनलाई फिल्म ‘प्रेमम’ मा ‘मलार’ को भूमिकाको अफर भएको थियो। यसको लागि उनले साउथको फिल्मफेयर अवार्ड पनि पाएकी थिइन् ।
साई पल्लवी प्राय फिल्ममा मेकअप बिना नै देखिन्छिन्। यसकारण उनी सिने क्षेत्रमा निकै लोकप्रिय छिन्। साई आफ्नो फिल्ममा कमै मेकअपमा आउँछिन्। साई पल्लवी ‘सिंघम’ को भूमिका निभाउने सुपरस्टार सूर्यासँग ‘एनजीके’ मा देखिसकेकी छन्। उनको सामाजिक सञ्जालमा निकै लोकप्रिय छिन्।
साईले दुई करोड भारुको फेयरनेस क्रीमको विज्ञापन गर्न अस्वीकार गरेकी थिईन् । यो क्रीम गोरोपनको लागि थिए। उनको मान्यताअनुसार सेतो हुनुमात्र सुन्दर हुनु हैन। साईं पल्लवीले सौन्दर्य प्रसाधन आफुलाई मन नपर्ने बताउदै उनले सुन्दर देख्नको लागि मेकअपको प्रयोग नगर्ने र कुनै चीजको प्रमोशनको हिस्सा पनि बन्न नचाहने जुनले मान्छेलाई भ्रमित गर्ने बताएकी थिइन् । साई अनुसार प्राकृतिक कुरा धेरै राम्रो हुन्छ।