एउटै फिल्मले डामाडोल पार्यो यी कलाकारको करियर, अभिनयबाटै टाप कसे !

एजेन्सी – चलचित्र क्षेत्रमा कहाँ सबै टिक्न सक्छन् र ? दर्शकले मन पराए न कलाकार चलचित्रमा टिक्ने हुन्। दर्शकले मतलब नै नगरे कुनै पनि हालतमा कलाकार टिक्न सक्दैनन्। कोहि कलाकार बल गरेर अभिनयमा पाइला टेकेपनि लामो समय सम्म टिकिरहन भने सक्दैनन्। मात्रै एक चलचित्रले पनि कलाकारहरुको करियर बर्बाद गर्दिएको पाउन सकिन्छ। आज हामी त्यस्तै केहि बलिउड कलाकारको कुरा गर्दै छौँ, जसको एक चलचित्रक कारण बर्बाद भएको थियो करियर।

लव स्टोरी २०५०- हरमन बवेजा

प्रेम कहानी २०५० सन् २००८ मा आएको बलिउड साइ-फाई फिल्म थियो। चलचित्रका निर्देशक ह्यारी बावेजा थिए। फिल्ममा प्रियंका चोपडा र हरमन बावेजा मुख्य भूमिकामा देखिएका थिए। यो फिल्म बक्स अफिसमा यसरी फ्लप साबित भयो कि फिल्मका अभिनेता हरमन बावेजाको करियर पूरै बर्बाद भयो।

कर्ज- हिमेश रेशमिया

कर्ज एक बलिउड एक्शन फिल्म हो। चलचित्रको निर्देशन सतीश शाहले गरेका थिए। चलचित्रमा हिमेश रेशमिया, श्वेता कुमार, गुलशन ग्रोवर, उर्मिला मातोंडकर मुख्य भूमिकामा थिए। चलचित्रमा हिमेशको अभिनय चित्त बुझ्दो थिएन। फलस्वरूप उनलाई दर्शकले मन पराएनन्।

आग – प्रशान्त राज

यो फिल्म फिल्म ‘शोले’ जस्तै बनाइएको थियो। चलचित्रलाई दर्शकले मन पराउँदै पराएनन्। चलचित्रमा ठूला ठूला कलाकार भएर पनि फ्लप भयो। चलचित्रमा प्रशान्त राज पनि थिए। तर पनि यस चलचित्रले प्रशान्त राजको करियर बर्बाद गरिदियो।

देशद्रोही – ग्रेसी सिंह

चलचित्र देशद्रोहीमा संजय दत्त, आमिर खान जस्ता स्टारसँग काम गरिसकेकी ग्रेसी सिंहले पनि कम गरेकी थिइन्। चलचित्र यसरी फ्लप भयो कि ग्रेसीको करियर नै बर्बाद भयो। देशद्रोही फ्लप भएपछि उनले राम्रा चलचित्र पाउनै छाडिन्।

देशद्रोही – कमाल राशिद खान

देशद्रोही सन् २००८ को एक राजनीतिक थ्रिलर फिल्म थियो। चलचित्रको निर्देशन जगदीश ए शर्माले गरेका थिए। चलचित्रमा कमाल रशीद खान, मनोज तिवारी, ऋशिता भट, ग्रेसी सिंह, जुल्फी सयेद आदिको मूख्य भूमिका थियो। यस चलचित्रले कमाल राशिद खानको पनि करियर बर्बाद गरिदियो।</p

प्रकाशित : शनिबार, फागुन २१, २०७८१४:४४

जब रश्मिकालाई रातारात फिल्म इन्डस्ट्री छोडेर भाग्न मन लाग्यो …