जब रश्मिकालाई रातारात फिल्म इन्डस्ट्री छोडेर भाग्न मन लाग्यो …

एजेन्सी : ‘पुष्पा : द राइज’ बाट रातारात स्टार बनेकी श्रीवल्ली यानी अभिनेत्री रश्मिका मन्डनालाई नचिन्ने अहिले विरलै होलान्। रश्मिकाको जीवनमा कुनैबेला यस्तो समय पनि आएको थियो जतिबेला उनी आफ्नो पहिलो फिल्म रिलिज भएपछि फिल्मी दुनियाँलाई सधैँको लागि अलविदा गर्नै आँटेकी थिईन्।

चलचित्र उद्योगको चमकधमकले उनलाई धेरै सताउन लागेको थियो। सुरुमा उनलाई फिल्म उद्योगको चमकधमकले निकै हाउगुजी पैदा गर्यो । त्यसमाथि उनी परिन् बिल्कुलै ‘आउटसाइडर’ ।

एक अन्तर्वार्तामा रश्मिकाले यो गोप्य खुलासा गर्दै भनिन् – ‘म एउटा फिल्मपछि फिल्म इन्डस्ट्री छोडेर बुवाको बिजनेसमा जोडिनै लागेकी थिई।’ खासमा इन्टरभ्युमा उनलाई सोधिएको थियो कि तपाईले १९ वर्षको उमेरदेखि नै काम गर्न सुरु गर्नुभएको थियो, यो उमेरमा मानिसहरु आफ्नो जिन्दगीको मज्जा लुटिरहेका हुन्छन्, तपाई भने दिनरात नभनी मेहनत गरिरहनुभएको थियो…यसबारे तपाई के महसुस गर्नुहुन्छ ?

उक्त प्रश्नको जवाफ दिँदै रश्मिका भन्छिन्  – ‘म आफ्नो जिन्दगी मज्जा लुट्न चाहन्थी। मैले त्यतिबेला दिनरात नभनी काम गरेकोमा अहिले गौरवान्वित महसुस गर्छु। पहिले मलाई एउटा फिल्ममा काम गरेपछि आमाबुबाले भनेअनुसार बिजनेसमा लाग्ने सोच आएको थियो। तर मेरो भाग्यमा अर्कै लेखिएको रहेछ। दर्शकको मायाले मलाई रोक्यो।’

रश्मिकाले त्यतिबेला आफ्नो लागि ब्याकअप प्लान पनि राखेकी थिईन्। यदि  उनी अभिनेत्री नबनेकी भए यतिबेला बुबाको व्यापार सम्हालिरहेकी हुन्थिन्। कुनैबेला रश्मिका सामाजिक सञ्जालमा नेशनल क्रशको रुपमा चर्चित थिईन्।

पुष्पा फिल्म रिलिज हुनुअघि रश्मिका साउथ इन्दस्ट्रीको धड्कन थिईन्, तर पुष्पाको रिलिजसँगै उनी बलिउडको पनि प्राण बनेकी छिन्। रश्मिकालाई अहिले बलिउडबाट प्रस्तावको ओइरो लागिरहेको छ।

प्रकाशित : शनिबार, फागुन २१, २०७८१४:४६

पल शाह थप १२ दिन जेल बस्नुपर्ने !