एजेन्सी – इङ्ल्यान्डका पूर्व फुटबल खेलाडी पिटर बार्नेसले क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाइटेडको सट्टा म्यानचेस्टर सिटी गएको भए राम्रो हुने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा बार्नेसले रोनाल्डो युनाइटेड भन्दा पनि सिटी ग्ताएको भए राम्रो हुने बताएका हुन्।
बार्नेसका अनुसार रोनाल्डोले सिटी गएको भए युनाइटेडमा भन्दा धेरै राम्रो गर्न सक्थे। द मिररसँग कुराकानी गर्नेक्रममा बार्नेसले सिटी गएको भए रोनाल्डोले जारी सिजनमा अहिले सम्म २५ गोल गरिसक्थे। त्यसक्रममा उनले ३७ वर्षको उमेरमा रोनाल्डोले गोल रेकर्ड उत्कृष्ट रहेको बताउन भने छुटाएनन्।
“३७ वर्षको उमेरमा रोनाल्डोको गोल रेकर्ड उत्कृष्ट छ। तर मलाई लाग्छ सिटी आएको भए उनले अझै राम्रो गरिरहेका हुन्थे। अहिले सम्म उनले २५ गोल गरिसक्थे।”,बार्नेसले भने।
त्यस्तै बार्नेसले सिटीमा धेरै राम्रा खेलाडीहरु रहेको र राम्रो खेलाडीहरु वरिपरी हुँदा रोनाल्डोले धेरै सहज महसुस गरिरहेको हुने पनि बताए।
युनाइटेडका खेलाडीहरुले रोनाल्डोका लागि गोल गर्ने अवसर शिर्जना गर्न नसकेको बार्नेसको भनाई छ। उनले भने,”रोनाल्डो सिटीमा हुन्थें भने उनी वरिपरी राम्रा खेलाडीहरु हुन्थे। सिटीका खेलाडीहरुले धेरै भन्दा धेरै गोलका अवसरहरु शिर्जना गर्थे।

