वेस्ट ह्याम माथि लिभरपुलको संघर्षपूर्ण जित !

एजेन्सी – सेनेगलका फरवार्ड साडियो मानेको गोलमा लिभरपुलले इंग्लिस प्रिमियर लिगमा जित निकालेको छ । लिभरपुलले घरेलु मैदानमा वेस्ट ह्याम युनाइटेडमाथि १–० को झिनो जित आत्मसात गरेको हो ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलको जितमा मानेले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले २७औं मिनेटमा ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गरेका थिए ।

त्यसपछि पनि लिभरपुलले पाहुना टोलीलाई लगातार दवावमा राखेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको गोलले नै लिभरपुललाई महत्वपूर्ण ३ अंक जोड्न पर्याप्त बन्यो ।

यो जितसँगै लिभरपुलले शीर्षस्थानको म्यानचेस्टर सिटीसँगको अंक दुरी ३ मा छोट्याएको छ । लिभरपुलको २७ खेलबाट ६३ अंक पुगेको छ । समान खेलबाटै सिटीको ६६ अंक रहेको छ । पराजित वेस्टह्याम २८ खेलबाट ४५ अंक जोडेर पाँचौ स्थानमा रहेको छ । लिभरपुलसँगको हारले वेस्ट ह्याम शीर्ष चारमा उक्लनबाट वञ्चित बन्यो ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८०८:३८

फेरी चम्किए काउटिन्हो, एस्टन भिल्लाको शानदार जित !