फेरी चम्किए काउटिन्हो, एस्टन भिल्लाको शानदार जित !

एजेन्सी – जारी सिजनकै उत्कृष्ट प्रदर्शन गरेको एस्टन भिल्लाले प्रिमियर लिगमा महत्वपूर्ण जित निकालेको छ। फिलिपे काउटिन्होले उत्कृष्ट प्रदर्शन गरेसँगै भिल्लाले प्रिमियर लिगमा साउथह्याम्टन विरुद्ध शानदार जित निकालेको हो।

घरेलु मैदानमा भएको खेलमा साउथह्याम्टन विरुद्ध बलमा कम पकड राखेपनि भिल्ला आक्रमणमा भने कमै चुक्यो। फलस्वरूप साउथह्याम्टन ४-० को गोल अन्तरले पराजित हुन पुग्यो।

शनिबार राति भएको खेलमा भिल्लाका ४ खेलाडीले गोल गरेका थिए। भिल्लाको जितमा ओली वाटकिन्स, डोगलस लुइज, फिलिपे काउटिन्होले र डानी इन्ग्सले एक-एक गोल गरे। काउटिन्होले गोलसँगै एक असिस्ट पनि दिएका थिए।

खेलभर बलमा भने साउथह्याम्टनले नियन्त्रण बनाएको थियो। बलमा साउथह्याम्टनको ६२ प्रतिशत पकड थियो। तर आक्रमण भने भिल्लाको तर्फबाट बढी भए। खेलभर भिल्लाको तर्फबाट कुल १४ प्रहार भएका थिए। जसमध्ये ९ प्रहार टार्गेटमा थिए। त्यस्तै साउथह्याम्टनले भने खेलभर कुल ११ प्रहार गरेको थियो। जसमा एक मात्र प्रहार टार्गेटमा थियो।

साउथह्याम्टनलाई पराजित गरेसँगै भिल्ला प्रिमियर लिगको एघारौं स्थानमा उक्लिएको छ। भिल्लाले सिजनका २६ खेल खेल्दा ३३ अंक बनाएको छ। त्यस्तै साउथह्याम्टन भने लिगको नवौं स्थानमा रहेको छ। साउथह्याम्टनको २७ खेलबाट ३५ अंक छ।

अन्य नतिजा

लेस्टरविरुद्ध लिड्स (१–०), लिभरपुलविरुद्ध विरुद्ध वेष्ट ह्याम (१–०), न्यूक्यासलविरुद्ध ब्राइटन (२–१), नर्विचविरुद्ध ब्रेन्टफर्ड (१–३), वल्भ्सविरुद्ध क्रिस्टल प्यालेस (०–२) र बर्नलेविरुद्ध चेल्सी (०–४)

प्रकाशित : आइतबार, फागुन २२, २०७८०९:१६

युनाइटेडले थेग्न सक्ला सिटीको आक्रमण ? खेल कुन च्यानलमा हेर्ने ?