विपक्षी टोलीका लागि पनि आफैं गोल गर्दा झन्डै गुल्टेन बार्यन म्युनिख !

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख बराबरीमा रोकिएको छ । घरेलु मैदानमा सुरुवाती अग्रता लिनका बावजुत बायर्नले बायर लिभरकुसनसँग १–१ गोलको बराबरी खेलेको हो ।

एलिएन्ज एरिना म्युनिखमा शनिबार राति भएको खेलमा घरेलु टोली बायर्नका लागि निकलस सुलले गोल गर्दा बायर लिभरकुसनले उपहार गोल पाएको थियो ।

खेलको १८औं मिनेटमा निकलस सुलको गोलबाट बायर्नले सुरुवाती अग्रता लिएपनि आत्मघाती गोल गर्न पुग्दा बायर्न जितबाट वञ्चित हुन पुग्यो। ३६औं मिनेटमा थोमस मुलरले केरिम डेमिरवेको फ्रिकिकलाई बचाउने क्रममा मुलरले आफ्नै पोस्टमा गोल गर्न पुग्दा बायर्नका गोलरक्षक एसभेन अलरिचले रोक्ने कुनै अवसर नै पाएन ।

त्यसपछि दुवै टोलीले गोलका केही अवसर सिर्जना गरेपनि थप गोल निस्कन नसक्दा पहिलो हाफको नतिजा नै निर्णायक बन्दा दुवै टोलीले अंक बाँडे ।

यो बराबरीसँगै बायर्नले शीर्ष स्थानमा ९ अंकको अग्रता लिन सफल भएको छ । बायर्नको २५ खेलबाट ५९ अंक पुगेको छ । एक खेल कम खेलेको बोरुसिया डर्टमुन्डको ५० अंक छ । बायर्नलाई रोकेको बायर लिभरकुसन २५ खेलबाट ४१ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१०:००

पछि परेको अवस्थामा रियल म्याड्रिडले खेल उल्ट्यायो, लालिगामा स्पष्ट आठ अंकको अग्रता !