रियलले पिएसजीलाई पठायो चेतावनी – ‘एक गोलको बदला चार गोल फर्काउँछौँ’

एजेन्सी – च्याम्पियन्स लिगको दोस्रो लेगमा रियल म्याड्रिडले पेरिस सेन्ट जर्मेन(पिएसजी)को सामना गर्दैछ। पिएसजीको सामना गर्नु अगाडीको खेलमा दुवै प्रतिद्वन्दीले फरक-फरक नतिजा निकाले।

शनिबार राति पिएसजी पराजित हुँदा रियल म्याड्रिडले भने शानदार जित निकाल्यो। खेलको अन्त्यतिर गोल बेहोर्दा निससँग स्तब्ध बन्यो। किलियन एम्बाप्पे नभएको खेलमा लियोनेल मेस्सी र नेयमार दुवैको जादू चल्न सकेन।

बराबरीतर्फ धकेलिएको खेलको निर्धारित समयको खेल सकिन दुई मिनेट बाँकी रहँदा वैकल्पिक फरवार्ड एन्डी डेलर्टले गरेको गोलमा पिएसजी स्तब्ध बन्न पुग्यो । एन्डी डेलर्ट ७०औं मिनेटमा कास्पर डोलवर्गको स्थानमा मैदान छिरेका थिए।

उता रियलले भने पछि परेको स्थिति उल्ट्याउँदै शानदार जित आत्मसाथ गर्यो। घरेलु मैदानमा भएको खेलमा रियलले रियल सोसिडाड विरुद्ध ४ गोल गर्यो।

रियलको जितमा इडुआर्डाे कामाभिंगा, लुका मोड्रिच, कप्तान करिम बेन्जेमा र मार्काे एसेन्सियोले गोल गरे । रियल सोसिडाडका मिकेल ओयरजावालको सान्त्वना बन्यो।

च्याम्पियन्स लिगमा पिएसजीको सामना गर्नु अगाडी रियलको यो जीतले पक्कै पनि रियलका खेलाडीहरुको मनोबल बढाउने छ। पछि परेको अवस्थामा समेत जित निकाल्दै रियलले पिएसजीलाई चेतावनी पठाएको टिप्पणी स्पेनिस मिडियाहरुले गरिरहेका छन्।

रियल च्याम्पियन्स लिगको पहिलो लेगमा पिएसजीसँग १-० को गोल अन्तरले पराजित भएको थियो। दोस्रो लेगमा उत्रँदा रियल १ गोलले पछि परेको अवस्थालाई समेत उल्ट्याउने प्रयासमा हुनेछ।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१०:१९

म्यानचेस्टर डर्बी आज हुँदै: रोनाल्डो टोलीमा पनि परेनन् !