रोनाल्डो भर्सेस सिटी: के भन्छ तथ्यांक ?

एजेन्सी – म्यानचेस्टर डर्बीमा आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आज आमने-सामने हुँदैछन्। सिटी र युनाइटेड आमने-सामने हुँदा आज सबैको ध्यान क्रिस्टियानो रोनाल्डो माथि हुनेछ।

पछिल्लो समय कम्जोर अवस्थाबाट गुज्रिरहेका उनले आज के कस्तो गर्ने हुन् भन्नेमा सबैको ध्यान हुनेछ। रोनाल्डोले पछिल्ला खेलमा मात्रै एक गोल गरेका छन्। यस्तोमा उनी सिटी विरुद्ध गोल गर्दै पूरानो लयलाई ट्रयाकमा फर्काउने दाउमा हुनेछन्।

रोनाल्डोले यस अगाडी युनाइटेडबाट खेल्दा र रियल म्याड्रिडबाट खेल्दा सिटीको सामना गरेका छन्। आफ्नो फुटबल करियरमा रोनाल्डोले १५ पटक सिटीको सामना गरेका छन्। जसमा उनले ९ खेलमा जितेका छन् भने ४ खेलमा हार बेहोरेका छन्।

अहिले सम्म रोनाल्डोले सिटी विरुद्ध १५ खेलमा ५ गोल गरेका छन्। यस हिसाबले सिटी विरुद्ध रोनाल्डोले प्रत्यक ३ खेलमा १ गोल गरेका छन्। रोनाल्डोले गोल गरेका बेला सधै युनाइटेडले जितेको छ। तर रोनाल्डोले सिटीको घरेलु मैदानमा अहिले सम्म मात्रै एक पटक गोल गरेका छन्।

रोनाल्डोले सिटी विरुद्ध सबै भन्दा पहिलो गोल सन् २००४ मा एफए कपको पाँचौ चरणमा गरेका थिए। त्यसखेलमा युनाइटेड ४-२ ले विजयी भएको थियो। त्यस्तै रोनाल्डोले सिटी विरुद्ध रियल म्याड्रिडबाट खेल्दा सन् २०१२ मा च्याम्पियन्स लिगमा गरेका थिए।

हुन त रोनाल्डोले सन् २०१५ मा आधिकारिक मान्यता नपाएको अस्ट्रेलियामा भएको अन्तर्राष्ट्रिय च्याम्पियन्स कपमा पनि रोनाल्डोले सिटी विरुद्ध गोल गरेका थिए। तर त्यो गोल फिफाको मान्यता भित्र पर्दैन।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१४:४०

एम्बाप्पे रियलले उडाउनेमा बार्सिलोना विश्वस्त, अब बार्साको तयारी हालाण्ड पड्काउने !