आज सबै लिभरपुल समर्थक युनाइटेडको समर्थन गर्दै, सिटीले हारोस् भन्ने कामना !

एजेन्सी – म्यानचेस्टर डर्बीमा आज म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटी आज आमने-सामने हुँदैछन्। यी दुई आमने-सामने हुँदा त्यस खेलमा यी दुई क्लबका अलावा लिभरपुलका खेलाडी र समर्थकको पनि ध्यान हुनेछ। प्रिमियर लिग क्लब लिभरपुलका समर्थक तथा प्रशंसक म्यानचेस्टर युनाइटेडको समर्थनमा हुनेछन्।

प्रिमियर लिग उपाधिका लागि लिभरपुलले शिर्ष स्थानको सिटीलाई पछ्याइरहेको छ। हालको अवस्थामा सिटी लिभरपुल भन्दा स्पष्ट ३ अंकले अगाडी छ। दुवैले बराबर २७ खेल खेलेका छन्। सिटीले अहिले सम्म ६६ अंक बनाइसक्दा लिभरपुलले ६३ अंक बनाएको छ।

गएराति मात्रै लिभरपुलले प्रिमियर लिगमा संघर्षपूर्ण जित निकालेको थियो। वेस्ट ह्याम युनाइटेड विरुद्धको खेलको २७औं मिनेटमा साडियो मानेको गोलमा बनाएको अग्रतालाई लिभरपुलले धेरै ठूलो संघर्ष पछि जोगाउन सफल भएको थियो। वेस्ट ह्यामले लिभरपुललाई दोस्रो हाफमा दिन सम्म दवाव दिएको थियो।

वेस्ट ह्यामसँग बल्ल-तल्ल तीन अंक जोगाएको लिभरपुलका खेलाडी र समर्थकहरु युनाइटेडले सिटीलाई पराजित गरिदियोस् भन्ने कामना गर्दै हुनेछन्।

यस खेलमा सिटी पराजित भएको खण्डमा लिभरपुलले शिर्ष स्थानमा उक्लिने मौका पाउनेछ। तर यदि सिटी विजयी भएको खण्डमा भने लिभरपुलको सो सपना पूरा हुने छैन।

प्रकाशित : आइतबार, फागुन २२, २०७८१५:५९

म्यानचेस्टर युनाइटेडबाट बाहिरिए रोनाल्डो, राङ्गनिकसँगको लफडा हुनसक्छ कारक !