हालाण्डलाई भेटेको बारे लापोर्टाले मुख खोले ! के भने ?

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले बोरुसिया डर्टमण्डका युवा स्टार एर्लिङ हालाण्डसँग भेटघाट नभएको स्पष्ट पारेका छन्। विभिन्न संचार माध्यममा बार्सिलोनाक अधिकारी र हालाण्ड बीच भेटघाट भएको खबर आएसँगै लापोर्टाले हालाण्डसँग आफूहरुले नभेटेको स्पष्ट पारेका हुन्।

हालाण्ड र बार्सिलोनाका अधिकारीहरु बीच भेटघाट भएको विषयमा आधिकारिक धारणा जारी गर्दै हालाण्डलाई बार्सिलोनाका कुनै पनि अधिकारीले नभेटेको स्पष्ट पारे।

कोपले सार्वजनिक गरेअनुसार लापोर्टाले खेलाडीसँग भन्दा पनि क्लबसँग वार्ता गर्ने कुरा प्राथमिकतामा हुने हुँदा सिधै खेलाडी भेटेको भन्ने हल्ला निराधार रहेको स्पष्ट पारेका छन्।

लापोर्टा जाभी र हालाण्ड बीच भेट भएको भन्दै आएको समाचारलाई सिधै खारेज गर्छन्। उनी भन्छन्,”यो मेरो कुनै काम होइन। म वार्ताको कुरा गर्दैछु। हालाण्डसँग कुनै वार्ता भएको छैन।”

वार्ता गर्न चाहे बार्सिलोनाले सम्वन्धित क्लबसँग वार्ता गर्ने लापोर्टाको भनाई छ। प्रशिक्षक र फुटबल निर्देशकले दिएका सल्लाह अनुसार खेलाडीको खोजिमा आफूहरु जुटेपनि आफूहरु सिधै खेलाडीहरुलाई नभेट्ने लापोर्टा बताउँछन्।

आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै उनले भनेका छन्,”यदि हामी वार्ता गर्न चाहन्छौं भने सिधै बोरुसिया डर्टमण्डसँग वार्ता गर्छौं। प्रशिक्षक र फुटबल निर्देशकको सुझाव अनुसार टोलीलाई बलियो बनाउने खेलाडीहरुको खोजिमा त हामी हुन्छौं, तर हामी सिधै खेलाडीलाई कहिले पनि भेटदैनौं।”

प्रकाशित : आइतबार, फागुन २२, २०७८१७:५२

रोनाल्डो चोटिल भएको खुलासा, आज खेल्न नसक्ने भए !