युनाइटेड माथि सिटीको रवाफिलो जित, लिभरपुल ६ अंकले पछाडी पर्यो !

एजेन्सी – इंग्लिस प्रिमियर लिगको म्यानचेस्टर डर्वीमा शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीले सानदार जित निकालेको छ । सिटीले घरेलु मैदानमा ४–१ को सानदार जित निकालेको हो ।

सिटीको सानदार जितमा कप्तान केभिन डि ब्रुएन र रियाद महारेजले समान दुई गरे । युनाइटेडका जेडान सान्चोले एक गोल फर्काए । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलको पाँचौ मिनेटमा केभिन डि ब्रुएनको गोलबाट घरेलु टोली सिटीले सुरुवाती अग्रता लिएको थियो । उनले बर्नाडो सिल्भाको पासमा गोल गर्न सफल भएका थिए ।

२२औं मिनेटमा जेडान सान्चोले पउल पोग्वाको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । २८औं मिनेटमा केभिन डि ब्रुएनले गोल गर्दै सिटीलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । एलेक्स टेलासले क्लियर गर्न नसकेको बललाई डि ब्रुएनले ६ यार्डबक्सभित्रबाट रिवाउन्डमा सहजै फिनिस गरेका थिए ।

६८औं मिनेटमा रियाद महारेजले गोल गर्दै खेललाई ३–१ ले स्थितिमा ल्याए । उनले दुई गोल गरिसकेका कप्तान ब्रुएनको पासलाई सदुपयोग गरेका थिए । इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रियादले इल्केए गुन्डोगानको पासमा व्यक्तिगत दोस्रो र टोलीका लागि चौथो गोल गर्दै सिटीलाई सानदार जित दिलाए । युनाइटेडले घरेलु टोली सिटीसँग लगातार दवाव झेल्नुरपरेको थियो ।

यो जितसँगै सिटीले शीर्षस्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । सिटीको २८ खेलबाट ६९ अंक पुगेको छ । एक खेल कम खेलेको लिभरपुलको ६३ अंक छ । हार बेहोरेर चौथो स्थान गुमाएको युनाइटेडको २८ खेलबाट ४७ अंक छ । युनाइटेड पाँचौ स्थानमा रहेको छ । आर्सनल २५ खेलबाट ४८ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८०८:५४

दुई दिन पनि टिक्न सकेन खुसी, एकै साथ पाँच जनाको ज्यान गयो !