भोलि हुने भयो नेष्डो समृद्ध लघुवित्त वित्तीयको आइपिओ बाँडफाँड ! कतिको भाग्य चम्किएला ?

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड फागुन २४ गते मंगलबार अर्थात भोलि हुने भएको छ। फागुन ११ गते देखि फागुन १५ सम्मका लागि बिक्री खुला भएको आइपिओको बाँडफाँड मंगलबार हुने भएको हो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ता शेयर माग भएको थियो। यो माग भए भन्दा झन्डै ४० गुणा बढी आवेदन हो। बाँडफाँड पश्चात ७७ हजार ४ सय ५३ जनाको भाग्य चम्किनेछ। अन्यको हात भने खाली रहनेछ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८१०:३०

नेप्से परिसूचक झिनो अङ्कले बढ्यो, यी कम्पनीका लगानीकर्ता भए मालामाल !