रोनाल्डोलाई युनाइटेड टोलीबाट निकालिएको सनसनीपूर्ण खुलासा !

क्रिष्टियानो रोनाल्डो कथित रूपमा घाइते नभएको र राल्फ रांगनिकले खेलाडीलाई म्यानचेस्टर सिटी विरुद्ध सुरु नगराउने जानकारी दिएपछि म्यानचेस्टर टोलीबाट बाहिरिन आग्रह गरेको बताइएको छ।

यो दाबी रोनाल्डोले इन्स्टाग्राममा फलो गर्ने एक कथित विश्वसनीय सोशल मिडिया खाता अनुसार हो। रांगनिकले रोनाल्डोलाई ‘रणनीतिक’ कारणले गर्दा म्यानचेस्टर सिटी विरुद्ध पोर्चुगिज खेलाडीलाई खेलाउन नसक्ने बताएका थिए। ३७ वर्षीय स्टार खेलाडीले प्रशिक्षकको यो विचारलाई खण्डन गर्दा आइतबारको डर्बी भिडन्तको लागि पूर्ण रूपमा टोलीबाट बाहिरिन पुगे।

शनिबार, तिनीहरूले दाबी गरे: “म्यानचेस्टर युनाइटेडका प्रबन्धक भोलिको खेलमा फरक खेल रणनीतिको साथ प्रवेश गर्न चाहन्छन् र आफूलाई थप रक्षा गर्न रोजेका छन्, एक विशुद्ध रणनीतिक विकल्प थियो। रोनाल्डो बेन्चमा पनि हुनेछैनन्।”

आइतबार म्यानचेस्टर सिटी कै घरेलु मैदानमा भएको खेलका लागि रोनाल्डो टोलीमा पनि नपरेपछि यो आश्चर्यजनक रिपोर्ट आएको हो। एथलेटिकले पोर्चुगिज सुपरस्टारलाई ‘चोट’ भएको बताएको थियो।

रोनाल्डो बिना नै सिटी विरुद्ध मैदानमा उत्रिएको युनाइटेडले लज्जासपद हार बेहोर्न बाध्य भयो। आइतबार भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटी ४-१ को फराकिलो अन्तरले विजयी भयो। म्यानचेस्टर सिटीका लागि केभिन डी ब्रुयन र रियाद महारेजले २-२ गोल गर्दा युनाइटेडका जेडन सान्चोले एक गोल फर्काएका थिए।

हारसँगै युनाइटेडको टप ४ मा लिग समाप्त गर्ने सम्भावना कम्जोर हुँदै गएको छ। रेड डेभिल्स २८ खेलमा ४७ अंकका साथ पाचौं स्थानमा रहेको छ। चौंथो स्थानमा रहेको आर्सनल युनाइटेड भन्दा एक अंकले अगाडी रहेको छ तर गनर्सले युनाइटेडको तुलनामा ३ खेल कम खेलेको छ। त्यस्तै, जीतसँगै सिटीले भने दोस्रो स्थानमा रहेको लिभरपुलसँगको अंक दूरी बढाएको छ।

२८ खेलमा ६९ अंक जोडेको सिटी दोस्रो स्थानमा रहेको लिभरपुल भन्दा ६ अंकले अघि रहेको छ। एक खेल कम खेलेको लिभरपुलको २७ खेलबाट ६३ अंक रहेको छ।

प्रकाशित : सोमबार, फागुन २३, २०७८११:१८

जब नेयमार रियल म्याड्रिडसँग अनुबन्ध हुन सधैं भन्दा निकै नजिक !