नेष्डो समृद्ध लघुवित्तको आईपीओ बाँडफाँड सम्पन्न, तपाईंलाई पर्यो ? यसरी हेर्नुहोस् रिजल्ट !

काठमाडौँ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बाँडफाँड आज (फागुन २४ गते, मंगलबार) सम्पन्न भएको छ। कम्पनीले फागुन ११ गते देखि फागुन १५ सम्मका लागि सर्वसाधारणका लागि आइपिओ निष्कासन गरेको थियो।

कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित मूल्यमा रु ८ करोड २८ लाख ७५ रुपैयाँ बराबरको ८ लाख २८ हजार ७ सय ५० कित्ता प्रारम्भिक सार्वजनिक निष्काशन (आइपिओ)को बिक्री खुला गरेको थियो।

जसमध्ये जारी पूँजीको ०.५ प्रतिशत अर्थात १२ हजार ७ सय ५० कित्ता सेयर कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात ४१ हजार ४ सय ३७ कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ लाख ७४ हजार ५ सय ३६ कित्ता साधारण सेयर सर्वसाधारणका लागि छुट्याइएको थियो ।

अन्तिम दिनसम्ममा २६ लाख १० हजार १ सय २७ जनाले ३ करोड २ लाख २४ हजार २ सय ५० कित्ता शेयर माग भएको थियो। यो माग भए भन्दा झन्डै ४० गुणा बढी आवेदन हो। बाँडफाँड पश्चात ७७ हजार ४ सय ५३ जनाको भाग्य चम्किएको छ। अन्यको हात भने खाली रह्यो।

कसरी हेर्ने रिजल्ट ? 

सार्वजनिक भएको रिजल्ट अर्थात कम्पनीकाे आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिनेछ।

सिडिएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट (AllotmentResult (cdsc.com.np) बाट, बिक्री प्रबन्धक  ग्लोबल आईएमई क्यापिटल लिमिटेडकाे वेबसाइट (Global IME Capital Limited) , कम्पनीको वेबसाइट र मेराे सेयरमा गई एप्लिकेसन रिपोर्टमा गएर पनि हेर्न सकिन्छ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१४:०६

नेप्सेमा उच्च अङ्कको वृद्धि, यी कम्पनीका लगानीकर्ता भए मालामाल !