लालिगाको बेस्ट भयो बार्सिलोना, ३ महिना भयो खेल हारेको !

जनवरीमा, बार्सिलोना स्पेनिस सुपर कप र कोपा डेल रेमा क्रमशः रियल म्याड्रिड र एथलेटिक बिल्बाओसँग पराजित भएको थियो। यसले जाभी हर्नान्डेजको व्यवस्थापकीय नाउसमा गम्भीर प्रश्नहरू खडा गर्यो।

यद्यपि, त्यसपछिको आठ हप्तामा, ब्लाउग्रानाले हारको स्वाद चाखेको छैन। हाल हरेक खेलमा बार्सिलोना लगातार सुध्रिएको प्रदर्शन गर्दै आएको छ, अब भने क्लबको सिजन सही ट्रयाकमा फर्किएको छ। जाभिको टोलीले युरोपा लिगको नकआउट प्लेअफमा नेपोलीलाई सजिलैसँग पराजित गर्यो। त्यस्तै, आइतबार लालिगामा एल्चे विरुद्ध २-१ को पुनारगमन जीतसँगै क्याटालान क्लब लिगको तेस्रो स्थानमा उक्लिएको छ।

सुधारको लागि अझै ठाउँ छ, किनकि बार्सिलोना आफ्ना सबै खेलहरूमा अत्यधिक विश्वस्त देखिएको छैन। यद्यपि, जाभीको नेतृत्वमा टोलीमा सुधार भएको निर्विवाद प्रमाणहरू पनि छन्।

बार्सिलोना ला लिगामा ११ खेलमा अपराजित

यसैबीच, बार्सिलोनाले हालको लय कायम राख्ने हो भने क्लब लिग तालिकामा दोस्रो स्थानमा समाप्त गर्ने सम्भावना रहेको छ। लिग जित्नु असम्भव आशा जस्तै हुन सक्छ, तर तिनीहरू निश्चित रूपमा दोस्रो स्थानमा पुग्न सक्छन्। एल्चेमाथिको जीतसँगै क्लबको लिगमा आफ्नो अपराजित यात्रा ११ खेलसम्म पुगेको छ। बार्सिलोना डिसेम्बर ४ देखि ला लिगा सान्टान्डरमा अपराजित छ, अन्तिम पटक बार्सिलोना क्याम्प नोउमा रियल बेटिससँग पराजित भएको थियो।

बार्सिलोना हाल लिग तालिकामा तेस्रो स्थानमा छ, अंकको बराबरीमा एथ्लेटिको म्याड्रिडसँग, तर एक खेल हातमा छ। जाभीको टोलीले अझै पनि दोस्रो स्थानमा रहेको सेभिल्लालाई समात्न सक्छ, जो उनीहरूभन्दा सात अंकले अगाडि छ, तर एक खेल बढी खेलेको छ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१४:५५

म्यानचेस्टर युनाइटेडलाई लात हानेर पीएसजी जान तयार भए रोनाल्डो, मेस्सीसँग खेल्ने इच्छा !