ज्योतिष शास्त्रका अनुसार राशिले पनि व्यक्तिको सीप पत्ता लगाउने गर्छ। कतिपय राशिका युवतीलाई माता अन्नपूर्णाको कृपा प्राप्त हुने बताइएको छ। उनीहरु खाना पकाउन माहिर हुन्छन्। उनीहरुको हातमा विशेष सीप रहेको बताइन्छ। भनिन्छ कि यी राशिका महिला खाना पकाउनमा यति निपुण हुन्छन् कि उनीहरुको हातले पकाएको खाना खाने व्यक्ति उनीहरुको प्रशंसक बन्छन्। तिनीहरू सफल ग्रहणी हुन्छन्। जानिराखौं यी राशिका बारेमा-
मिथुन राशि

ज्योतिषशास्त्रका अनुसार मिथुन राशिका युवतीहरु खाना पकाउने काममा निपुण हुन्छन्। उनीहरु खाना पकाउन र खुवाउन राम्ररी जान्दछन्। तिनीहरू धेरै साहसी र निडर हुन्छन्। उनीहरु जुनसुकै जोखिम मोल्न तयार हुन्छन्। यी महिला खाना पकाएर श्रीमान् र श्रीमानको परिवारको मन जित्न सफल हुन्छन्।
कन्या राशि

कन्या राशिका केटीहरु भावुक हुन्छन्। उनीहरुले आफ्नो जिम्मेवारी राम्ररी निर्वाह गर्छन्। कन्या राशीका युवतीहरुलाई बुद्धिमानी मानिन्छ। उनीहरु सबै कुरा सही तरिकाले कसरी गर्ने भनेर जान्दछन्। आफ्नो स्वभावले गर्दा सबैको प्रिय बन्छन्। यस राशिको स्वामी बुध ग्रह भएकाले उनीहरुलाई यो गुण प्राप्त हुन्छ।
तुला राशि

तुला राशिका युवतीहरु पनि खाना पकाउन माहिर हुन्छन्। उनीहरुलाई एकअर्कासँग झगडा गर्न पटक्कै मन पर्दैन। उनीहरु घरेलु काममा दक्ष हुन्छन्। उनीहरु मिठो खाना पकाउन र खान मन पराउँछन्। तुला राशिका युवतीलाई पतिको लागि भाग्यमानी मानिन्छ।

