मेस्सीले रियललाई ढुटो बनाउनेमा कप्तान मारक्विनहोस विश्वस्त !

पेरिस सेन्ट जर्मेन (पीएसजी) कप्तान मारक्विनहोसले अर्जेन्टिनाका सुपरस्टार लियोनल मेस्सीले रियल मड्रिडविरुद्ध लिग १ टोलीका लागि निर्णायक भूमिका खेल्ने विश्वास जताएका छन्।

पेरिस क्लबले बुधबार राति च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा रियल म्याड्रिडको सामना गर्न स्पेनको राजधानीमा यात्रा गर्दैछ। रियल म्याड्रिडको घरेलु मैदानमा हुने खेलमा पीएसजी १-० को अग्रताका साथ मैदानमा उत्रिनेछ। पहिलो लेगमा स्टार खेलाडी किलियन एम्बाप्पेको गोलमा पीएसजीले रियललाई १-० ले पराजित गरेको थियो।

पार्क डेस प्रिन्समा भएको खेलमा पूरा ९० मिनेट पेरिस सेन्ट जर्मेनले आफ्नो वर्चस्व कायम राखे पनि गोलको लागि भने ९४ औं मिनेटसम्म पर्खनुपर्‍यो। खेलको ६२ औं मिनेटमा नै मेस्सीले गोलको सुरुवात गर्ने अवसर पाए पनि उनले प्रहार गरेको पेनाल्टी म्याड्रिड गोलकिपरले बचाउ गरेका थिए।

यद्यपि, मार्किन्होसले पीएसजीका लागि दोस्रो लेगमा सात पटकको ब्यालोन डी’ओर विजेतालाई उत्कृष्ट प्रदर्शन गर्न ब्याक गरेका छन्। “मैदानमा, तपाईंले उनलाई देख्नु हुन्न, तर उनी निर्णायक खेलाडी हुन्, निर्णयाक पासहरू दिने खेलाडी हुन्,” मार्किन्होसले प्राइम भिडियो स्पोर्ट फ्रान्सलाई भने, “उनी जिनियस हुन्। मलाई आशा छ कि उनले धेरै गोल गर्नेछन् र रियल म्याड्रिड विरुद्ध पनि गर्नेछन्।”

रियल म्याड्रिड विरुद्ध मेस्सीको निकै प्रभावशाली रेकर्ड रहेको छ। अर्जेन्टिनी कप्तानले रियल म्याड्रिड विरुद्ध ४६ खेलमा २० जीत निकाल्दा २६ गोल गर्नुका साथै थप १४ गोलमा असिस्ट पनि प्रदान गरेका छन्। यस्तोमा, पीएसजीले म्याड्रिड विरुद्ध मेस्सीको उत्कृष्ट खेल आशा गर्नेछ।

प्रकाशित : मङ्गलबार, फागुन २४, २०७८१७:३९

२०२२ मा फेरी मेस्सीले जित्लान् ब्यालोन डी ओर: यसो भन्छ पावर र्यान्किंग !