काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ। गएको झन्डै एक महिना देखि निरन्तर बढ्दै आएको सुनको मूल्यले आज नयाँ रेकर्ड बनाएको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ हजार ५ सय रुपैंयाँले बढेको छ। जससँगै छापावाला सुनको मूल्य १ लाख ५ हजार ५ सय रुपैंयाँ कायम भएको छ।

त्यस्तै आज नेपाली बजारमा तेजाबी सुनको मूल्य पनि २ हजार ५ सय रुपैंयाँले नै बढेको छ। महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा तेजाबी सुन प्रतितोला १ लाख ५ हजार रुपैंयाँमा कारोबार भइरहेको छ।

यस अगाडी छापावाला सुनको मूल्य आइतबार १ लाख १ हजार ९ सय थियो भने सोमबार र मंगलबार १ लाख ३ हजार रुपैंयाँमा कारोबार भएको थियो। त्यस्तै तेजाबी सुन आइतबार १ लाख १ हजार ४ सय रुपैंयाँमा कारोबार हुँदा सोमबार र मंगलबार १ लाख २ हजार ५ सय रुपैंयाँमा अकरोबार भएको थियो।

नेपाली बजारमा आज कायम भएको सुनको मूल्य इतिहाँसकै महँगो रहेको छ। सुनको मूल्य आज जति यस अगाडी कहिले पनि यति महँगो भएको थिएन। २०७७ को साउन २३ गते छापावाला सुन १ लाख ३ हजार ५ सय रुपैंयाँमा कारोबार भएको थियो। यस अगाडी सो मूल्य नै सुनको सबै भन्दा महँगो मूल्य थियो।

चाँदीको मूल्य

आज सुनको मूल्य बढेपनि नेपाली बजारमा चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा रु ३० ले घटेको छ। महासंघले दिएको जानकारी अनुसार आज चाँदी प्रतितोला १ हजार ३ सय २५ रुपैंयाँमा कारोबार भइरहेको छ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८११:०६

भोलि माघ २६ गते बिहिबार : मिथुन, कर्कट र धनुसहित यी ४ राशिलाई धन लाभको योग,हेर्नुहोस् राशिफल !