च्याम्पियन्स लिगमा आज दुई ठूला खेल हुँदै: कुन च्यानलमा हेर्ने खेल ?

एजेन्सी – च्याम्पियन्स लिग अन्तिम १६ अन्तर्गत आज राति दुई खेल हुँदैछन्। च्याम्पियन्स लिग अन्तिम १६ का दोस्रो लेगमा आज चार टोली मैदानमा उत्रन लागेका हुन्।

आज राति फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले स्पेनिस दिग्गज रियल म्याड्रिडको सामना गर्दा प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले पोर्चुगिज क्लब स्पोर्टिङ सिपीको सामना गर्नेछ।

पहिलो लेगमा पीएसजीले म्याड्रिड विरुद्ध १-० को जीत निकालेको थियो। आफ्नै घरेलु मैदानमा भएको खेलमा पीएसजीले अन्तिम समयमा विजयी गरेको थियो। ६२ औं मिनेटमा स्टार खेलाडी लियोनल मेस्सीले पेनाल्टी मिस गर्दै अग्रता लिने मौका गुमाएका थिए। जसपछि खेलको ९३ औं मिनेटमा एम्बाप्पेले गोल गर्दै पीएसजीलाई जीत दिलाएका थिए।

आज हुने खेलमा दुवै टोली जित निकाल्ने प्रयासमा हुनेछन्। अर्को चरणमा प्रवेश गर्नको लागि रियल म्याड्रिडलाई २ गोल अन्तरको जीत निकाल्नै पर्ने दबाब रहेको छ भने पीएसजी बराबरी गर्न सकेमा पनि अन्तिम ८ मा प्रवेश गर्नेछ। खेल भारतीय च्यानल सोनी टेन नेटवर्कमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा हेर्न सकिनेछ।

त्यस्तै, आजै हुने अर्को खेलमा म्यानचेस्टर सिटले आफ्नै घरेलु मैदानमा स्पोर्टिङको सामना गर्नेछ। पोर्चुगिज क्लबको घरेलु मैदानमा भएको पहिलो लेगमा ५-० को फराकिलो जीत निकालेको प्रिमियर लिग च्याम्पियन लगभग अन्तिम ८ मा पुगिसकेको छ। खेल भारतीय च्यानल सोनी टेन नेटवर्कमा नेपाली समय अनुसार १ बजेर ४५ मिनेटमा हेर्न सकिनेछ।

प्रकाशित : बुधबार, फागुन २५, २०७८१३:०७

के आज रियल म्याड्रिड विरुद्ध खेल्छन् त मेस्सी ?