सन् २०२२ मा दुईवटा सूर्यग्रहण लाग्नेछ। वर्षको पहिलो सूर्यग्रहण ३० अप्रिलमा लाग्दैछ। यो आंशिक सूर्यग्रहण हुनेछ। योसँगै दोस्रो सूर्यग्रहण अक्टोबर २५ मा लाग्नेछ। यो सूर्यग्रहण पनि आंशिक हुनेछ। ३० अप्रिलको सूर्यग्रहण मध्यरात १२:३० मा सुरु भएर १ मेको बिहान ४:२२ बजेसम्म रहनेछ। यो ग्रहण मेष राशिमा लाग्नेछ। यो सूर्यग्रहण नेपालमा देखिने छैन न सुतक काल मानिनेछ। यो ग्रहण दक्षिण अमेरिकाको दक्षिणपश्चिमी भाग, प्रशान्त महासागर, एट्लान्टिक र अन्टार्कटिकामा देखिनेछ।

ग्रहहरूले हाम्रो जीवनमा गहिरो प्रभाव पार्छ। सूर्य सबै ग्रहहरूको राजा हो र पिता र आत्माको कारक मानिन्छ। सूर्यग्रहणको स्थिति शुभ मानिएको छैन। ग्रहण लागेमा सूर्य पीडित हुने र शुभफलमा कमी आउने विश्वास रहेको छ। ग्रहणको विभिन्न राशिहरूमा फरक फरक प्रभाव हुन्छ। यो ग्रहण ४ राशिका लागि विशेष फलदायी हुनेछ। कुन-कुन ?
वृष राशि

वृष राशिका लागि यो ग्रहण निकै शुभ रहनेछ। यो ग्रहणका कारण तपाईंको आर्थिक स्थितिमा सुधार आउने सम्भावना छ। तपाईंका धेरै अधुरा काम पूरा हुनेछन्। यस अवधिमा गरिएका सबै कामको फल मिल्नेछ। यस अवधिमा गरिएका सबै यात्राहरू लाभदायक हुनेछन्। व्यापार व्यावसायमा लागेकाहरुका लागि पनि ग्रहण शुभ रहनेछ।
कर्कट राशि

यो ग्रहण कर्कट राशिका लागि पनि शुभ रहनेछ। काममा सफलता मिल्नेछ। साथीभाइबाट लाभ मिल्नेछ र साथसाथै कार्यस्थल तथा समाजमा तपाईंको कीर्ति बढ्नेछ। यो ग्रहण अवधिले तपाईंको भाग्यलाई पनि बलियो बनाउन सक्छ। तपाईं आफ्नो योग्यता प्रमाणित गर्न अगाडि बढेर कुनै पनि नयाँ चुनौती समाधान गर्ने जिम्मेवारी लिन सक्नुहुन्छ। यस क्रममा केही उच्च अधिकारीको सहयोग पनि मिल्न सक्छ।
तुला राशि

तुला राशिका लागि पनि यो ग्रहण निकै शुभ रहनेछ। कार्यस्थलमा लाभको सम्भावना छ। काममा धेरै राम्रा अवसरहरू प्राप्त गर्न सकिनेछ। साझेदारी कार्यमा पनि लाभको अपेक्षा छ। यस अवधिमा तपाईंले आफ्नो कामको सन्दर्भमा कार्यस्थलमा फरक पहिचान बनाउन सफल हुन सक्नुहुन्छ।
धनु राशि

तपाईंको आर्थिक स्थितिमा धेरै सुधार हुनेछ। सरकारी जागिरमा काम गर्नेहरूका लागि पनि यो ग्रहण शुभ र फलदायी रहनेछ। वैदेशिक रोजगारीको अवसर मिल्नेछ र उन्नतिको लाभ मिल्नेछ। ग्रहणको समयमा सकेसम्म मन्त्र जप गर्नुहोस्। व्यापार विस्तारका लागि केही नीतिहरू बनाउन र सही रूपमा लागू गर्न सफल हुनुहुनेछ।

