च्याम्पियन्स लिगबाट पिएसजी आउट भएपछि पोचेटिनो बर्खास्त ?

एजेन्सी – फ्रेन्च क्लब पेरिस जर्मेन(पिएसजी)का प्रशिक्षक माउरिसियो पोचेटिनोको पद धरापमा परेको छ। च्याम्पियन्स लिगको अन्तिम १६ बाटै पिएसजी बाहिरिएसँगै पोचेटिनोको पद धरापमा परेको हो।

पहिलो लेगमा जित निकालेपनि दोस्रो लेगमा रियल म्याड्रिडसँग पराजित हुँदा पिएसजी प्रतियोगिताबाट बाहिरिएको छ। मंगलबार राति दोस्रो लेग अन्तर्गत भएको खेलमा पिएसजी ३-१ को गोल अन्तरले पराजित भयो। करिम बेन्जेमाले ह्याट्रिक गर्दा पिएसजीको च्याम्पियन्स लिग जित्ने सपना चकनाचुर भयो।

पिएसजी च्याम्पियन्स लिगबाट बाहिरिएसँगै अब पोचेटिनो बर्खास्त हुन सक्ने छन्। फ्रेन्च मिडियाहरुले बताएअनुसार राम्रो प्रशिक्षक फेला परेको खण्डमा पोचेटिनो तत्कालै बर्खास्त हुनेछन्।

पोचेटिनोको स्थानमा को आउला ?

अहिले पोचेटिनो बर्खास्त भएपनि नभएपनि उनी यस सिजनको अन्त्यपछि अन्यत्र जाने स्पष्ट छ। पोचेटिनो आफैंले पनि पिएसजीमा रहन चाहेका छैनन्। पोचेटिनोको स्थानमा पिएसजीले जिनेदिन जिदानलाई ल्याउन चाहेको छ।

पिएसजी लगातार जिदानलाई क्लबको जिम्मेवारी सम्हाल्न आग्रह गर्दै आएको बताइन्छ। हालको अवस्थामा जिदान पिएसजी जान्छन्-जाँदैनन् भन्ने बारे केहि पनि स्पष्ट छौँ। तर फ्रेन्च मिडियाहरुको दावीलाई मान्ने हो भने जिदान अहिले भन्दा पनि यस सिजन सकिएपछि पिएसजी पुग्न सक्छन्।

पोचेटिनोको बर्खास्त हुने सम्भावना कति ?

रियल विरुद्ध हारेर च्याम्पियन्स लिगबाट पिएसजी बाहिरिएपनि तत्कालै पिएसजीले पोचेटिनोलाई बर्खास्त हुने कमै सम्भावना देखिन्छ। यस सिजनको अन्त्यपछि पिएसजी छाड्ने योजनामा रहेका उनलाई पिएसजीले अहिले नै बर्खास्त गर्न हतार पक्कै नगर्ला।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८०९:३२

म्याड्रिडसँग हावा खाएपछि कुट-पिटमा उत्रिए पीएसजी अध्यक्ष, रेफ्री माथि आक्रमण !