३२ दिनपछि उदय हुँदैछ बृहस्पति ग्रह, यी ३ राशिको चम्किनेछ भाग्य !

देवगुरु बृहस्पतिलाई शुभ, सम्पत्ति, ऐश्वर्य, वैभव र दाम्पत्य जीवन आदिको कारक मानिन्छ। ३२ दिनपछि बृहस्पति ग्रहको उदय हुँदैछ। हिन्दु क्यालेन्डर अनुसार २३ फेब्रुअरीमा बृहस्पति ग्रह अस्ताएको थियो। ३२ दिन पछि, २७ मार्च २०२२ मा बृहस्पति उदय हुनेछ। गुरुको उदय भएसँगै यी ३ राशीले ठुलो लाभ पाउनेछन्।

कन्या राशि 

गुरुको उदय हुँदा यस राशिका मानिसको लागि राम्रो अवसर मिल्नेछ। जागिर गर्नेलाई पदोन्नति मिल्नेछ। यो समयमा काममा नयाँ अवसर पनि मिल्नेछ। शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरूका लागि समय अनुकूल छ। परिवारसँग रमणीय समय बिताउने मौका मिल्नेछ। धार्मिक कार्यक्रममा सहभागी हुने मौका मिल्नेछ। भगवान विष्णुको आराधना तपाईंको लागि लाभदायक साबित हुन सक्छ।

तुला राशि 

तुला राशिका व्यक्तिहरूले धनलाभ प्राप्त गर्न सक्छन्। लामो समयदेखि रोकिएको काम पूरा हुनसक्छ। मान-सम्मानमा वृद्धि हुनेछ। नयाँ जिम्मेवारी लिन तयार हुनुहोस्। कार्यस्थलमा तपाईंको कामको प्रशंसा हुनेछ। काममा स्थान परिवर्तनको सम्भावना रहनेछ। स्वास्थ्यको मामिलामा यो समयमा ध्यान दिनु पर्ने देखिन्छ। हतारमा कुनै निर्णय नगर्नुहोस्।

मकर राशि 

बृहस्पतिको यो स्थितिले मकर राशिका मानिसहरूलाई विशेष लाभ दिनेछ। यस अवधिमा पारिवारिक सम्बन्ध सुमधुर रहनेछ। मान-सम्मानमा वृद्धि हुनेछ। कुनै पनि रोगबाट मुक्ति पाउन सकिन्छ। लामो समयदेखि रोकिएको काम पूरा हुनसक्छ। बोलीमा मिठास कायम राख्नुहोला। आफ्नो जीवनसाथीको सल्लाह पालन गर्नुहोस्। विवाह सम्बन्धि समस्या समाधान हुनसक्छ।

प्रकाशित : बिहिबार, फागुन २६, २०७८१६:१९

शनि र मंगलको बन्यो यस्तो खतरनाक संयोग, यी ३ राशिको जीवन नै हुनेछ उथलपुथल !